आयोगको मंगलबारको बसेको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो ।
काठमाडौं — निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई अद्यावधिक गरेको छ ।
कांग्रेसले १८ देखि २३ असोजसम्म काठमाडौंमा १५औं महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदनसहित आवश्यक कागजात उपलब्ध गराएको थियो ।
सोअनुसार आयोगको मंगलबारको बैठकले थापा नेतृत्वको कांग्रेस अद्यावधिक गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय भइसकेको कान्तिपुरलाई बताएका छन् ।