Trending
Prev Story
Next Story

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions 4 comments

१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम …

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

१० मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन्।

आगामी सिजनको अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। जसमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी छन्। विदेशी खेलाडीको दर्तामा नेपाल र यूएईबाट समान १०–१० खेलाडी रहेका छन्।

नेपालभन्दा बढी खेलाडी दर्ता गराउने एसोसिएट राष्ट्रमा अमेरिका मात्रै छ। अमेरिकाबाट १३ खेलाडीले नाम दर्ता गराएका छन्। यस्तै, क्यानडा, जापान र स्कटल्यान्डबाट समान २ तथा नेदरल्यान्ड्सबाट ३ खेलाडीले नाम दर्ता गराएका छन्।

अक्सन रजिस्टरमा ४२ एसोसिएट राष्ट्रका खेलाडी छन्। अक्सनअघि फ्रेन्चाइज टोलीहरूले १८४ खेलाडी रिटेन तथा छनोट गरिसकेका छन्। त्यसैले अक्सनबाट अधिकतम ६६ खेलाडीको स्थान पूर्ति हुनेछ। तीमध्ये २५ स्थान विदेशी खेलाडीका लागि उपलब्ध छन्।

नेपालका १० खेलाडीको नाम दर्ता भए पनि उनीहरूमध्ये कति खेलाडी अन्तिम अक्सन सूचीमा पर्छन् भन्ने टुंगो भने डिसेम्बर ४ मा लाग्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपाल...

#प्रिमियर-लिग #अक्सन #दर्ता
Compare →
Arthasansar
3h ago
आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका...

#प्रिमियर-लिग #अक्सन #दर्ता
Compare →
Ekantipur
4h ago
आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

#अक्सन #दर्ता #नाम
Compare →
Nagarik News
1d ago
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#दर्ता
Compare →

Related Stories

Sports
Build #2625