Trending
Prev Story
Next Story

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

Arthasansar •
November 25, 2026 • 10:07 AM
7
7 reads 0 reactions

बुधबार सेयर नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज एकल अंकले...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

बुधबार सेयर नेप्से परिसूचक एकल अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज एकल अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै आज ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.०६ अंकले बढेर ४८४.४५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १० वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन साढे ५ अर्ब माथिको कारोबार भएको बजारमा आज ६ अर्ब माथिको कारोबार भएको छ ।

आज ३५६ कम्प्नीका १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयर ५२ हजार ६६९ पटक खरिद बिक्री हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार ९०९ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

९ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार...

#शेयर-बजार #अंक #बढे
Compare →
Onlinekhabar
4d ago
कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

कारोबारसँगै बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

८ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से परिसूचक २६३८ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २.२६ अंक बढेको थियो । आज नेप्से परिसूचक …

#शेयर-बजार #अंक #बढे
Compare →
Nagarik News
2d ago
सेयर बजारमा झिनो सुधार, १६५ कम्पनीका लगानीकर्ता घाटामा

सेयर बजारमा झिनो सुधार, १६५ कम्पनीका लगानीकर्ता घाटामा

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६ अंकले बढेर दुई हजार ६२३ दशमलव ५६ मा पुगेको छ।

#शेयर-बजार #अंक #बढेर
Compare →
Bizshala
2h ago
सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ ।...

#शेयर-बजार #अंक #बढेर
Compare →
Ekantipur
1h ago
सेयर बजार २६४८ अंकमा, ६ अर्बमाथि कारोबार

सेयर बजार २६४८ अंकमा, ६ अर्बमाथि कारोबार

आजको बजारमा MKCL र USLB सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2625