Trending
Prev Story
Next Story

बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो । नेप्से परिसूचक मात्रै नभइ …

बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

९ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो ।

नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । १७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । यो समूहगत सूचक सबैभन्दा धेरै ०.९९ प्रतिशत बढ्यो । अघिल्लो दिन वाणिज्य बैंक (बैंकिङ) सबैभन्दा धेरै बढेको थियो ।

त्यस्तै बैंकिङ समूह ०.२४, फाइनान्स ०.०७, जलविद्युत् ०.८८, लगानी ०.४०, जीवन बीमा ०.५१, निर्जीवन बीमा ०.१०, अन्य ०.१२ तथा व्यापार ०.५० प्रतिशत बढे । माइक्रोफाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०४ र उत्पादन तथा प्रशोधन समूह ०.३६ प्रतिशत घटे ।

मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १०.९८ प्रतिशत बढ्यो । हिमालय ऊर्जा विकासको ८.६२, कालिका लघुवित्तको ५.९६, मानुषी लघुवित्तको ५.५७, सिन्धु विकास बैंकको ५.०९, छ्याङ्दी हाइड्रोपावरको ४.८० प्रतिशत मूल्य बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको मूल्य ३.३०, ओम मेगाश्री फर्मास्युटिकल्सको २.९४, सीवाईसी लघुवित्तको २.८२ तथा कालिन्चोक हाइड्रोपावरको २.७० प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज हिमालय ऊर्जा विकास कम्पनी, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, हिमालयन पावर पार्टनर, लक्ष्मी सनराइज बैंक, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

बढेको सेयर बजारमा ६ अर्ब नाघ्यो कारोबार, विकास बैंकमा आकर्षण

९ मंसिर, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो । नेप्से परिसूचक मात्रै नभइ कारोबार...

#शेयर-बजार #नेप्से #बढे
Compare →
Arthasansar
3d ago
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोड माथिको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ८२ करोड माथिको कारोबार

साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । गत साता १ प्रतिशत भन्दा बढीले...

#शेयर-बजार #नेप्से #बढे
Compare →
Bizshala
3d ago
सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘बजार अब धेरै घट्ने ठाउँ छैन'

सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘बजार अब धेरै घट्ने ठाउँ छैन'

काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा कायम भएको छ...

#शेयर-बजार #नेप्से #अंक
Compare →
Nagarik News
1d ago
लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो

लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो

१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक सामान्य घटेको छ।

#शेयर-बजार #नेप्से #अंक
Compare →
Ekantipur
3d ago
नेप्से २ अंक बढ्दा पौने ४ अर्ब कारोबार

नेप्से २ अंक बढ्दा पौने ४ अर्ब कारोबार

आजको बजारमा MCHL र VLUCL सबैभन्दा बढी परिवर्तन भएका शेयरहरू बने।

#शेयर-बजार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2639