बिहीबार सेयर बजार परिसूचक घटेर कारोबार भएको छ । अघिल्ला तीन कारोबार दिन बढेर कारोबार भएको बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको मूल्य घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.२७ अंकले घटेर ४८२.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको परिसूचक घटेको छ भने एउटाको मात्रै बढेको छ ।
बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ६ अर्ब माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ४८ करोड माथिको कारोबार भएको छ । आज ३५५ कम्पनीका १ करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर ४९ हजार ८०६ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ रुपैयाँको कारोबार भएको छ ।