Trending
Prev Story
Next Story

सेयरबजारमा दोहोरो अंकको सुधार, सकारात्मक नीति आए थप बढ्ने विश्लेषकको अनुमान

Bizshala •
November 24, 2026 • 12:39 PM
22
22 reads 0 reactions

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको...

सेयरबजारमा दोहोरो अंकको सुधार, सकारात्मक नीति आए थप बढ्ने विश्लेषकको अनुमान

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर किनबचे हुँदा ५ अर्ब ५५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज लघुवित्त र अन्य समूह बाहेकका सबै उपसमूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह १.२४ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, विकास बैंकस समूह १.०४ प्रतिशत, फाइनान्स समूह ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.९४ प्रतिशत, हाइड्रो समूह ०.४६ प्रतिशत, लगानी समूह ०.३० प्रतिशत, जीवन बीमा समूह ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.१४ प्रतिशत, निर्जीवन बीमा समूह ०.२६ प्रतिशत र व्यापार समूह ०.९७ प्रतिशतले बढेको छ ।

लघुवित्त समूह भने ०.१८ प्रतिशतले घटेको छ भने अन्य समूह ०.३९ प्रतिशतले घटेको छ ।

बजार जानकार तथा सेयर विश्लेषक खोमनाथ प्याकुरेल भन्छन्, ‘लगातार घटेको सेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ। साथै, भोलुमले पनि साथ दिएको छ। नोभेम्बर सुरु भएदेखिकै राम्रो कारोबार आज भएको छ। नेप्से घटेर भोलुम बढेको भए शंका गर्न सकिन्थ्यो, तर नेप्सेसँगै कारोबार पनि बढेको छ। बिस्तारै लगानीकर्ताको मनोबल बढेको बुझ्न सकिन्छ। अझै पनि लगानीकर्ताले पुँजीबजार सुधारका नीतिहरू कार्यान्वयनका लागि छलफल गर्ने तयारी गरेका छौँ। यदि सकारात्मक नीतिहरू कार्यान्वयन भए बजार बढ्ने अनुमान गर्न सकिन्छ।’

आज सर्वाधिक कमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ५.०५ प्रतिशत बढेर १०७६.९० रुपैयाँ पुगेको छ ।

त्यस्तै, माउन्टेन हाइड्रो नेपालको ३.४२ प्रतिशत, सिटि होटलको ३.०९ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.०१ प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ३ प्रीतशत, लक्ष्मी भ्यालु फण्ड २ को २.९६ प्रतिशत, हिमालयन डिष्टिलरीको २.७९ प्रतिशत, श्वेत गंगा हाइड्रोको २.७८ प्रतिशत, आरबीबी फोकस ४० को २.७२ प्रतिशत र कुमारी इक्विटी फण्डको २.६७ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक गुमाउने कम्पनीमा  मानुषी लघुवित्त रहेको छ । यो कम्पनीको भाउ ८ प्रतिशत घटेर ८६४ रुपैयाँ ८० पैसा कायम भएको छ ।

त्यस्तै, मेन्छियाम हाइड्रोको ७.२७ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ३.६७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.५१  प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ३.१७ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको ३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको २.९९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको २.९१ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको २.८२ प्रतिशत र गुराँस लघुवित्तको २.७९ प्रतिशतले घटेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
नेप्सेमा दोहोरो अङ्कको बृद्धि, कारोबार पाँच अर्बमाथि

नेप्सेमा दोहोरो अङ्कको बृद्धि, कारोबार पाँच अर्बमाथि

साताको दोस्रो कारोबार दिन मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सामान्य अङ्कले बढेको बजारले दोस्रो दिन पनि सकारात्मक गति कायम राखेको हो...

#शेयर-बजार #अंक #दोहोरो
Compare →
Arthasansar
1d ago
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे ५ अर्ब माथि

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे ५ अर्ब माथि

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार १५.३९ अंकले...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
1d ago
दोहोरो अंक बढ्यो सेयर बजार, ५ अर्बमाथि कारोबार

दोहोरो अंक बढ्यो सेयर बजार, ५ अर्बमाथि कारोबार

आजको कारोबारमा ECL सबैभन्दा धेरै बढ्यो भने MLBS सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #दोहोरो
Compare →
Nagarik News
1h ago
लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो

लगातार तेस्रो दिन नेप्सेमा वृद्धि, कारोबार रकम पनि बढ्यो

१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक सामान्य घटेको छ।

#शेयर-बजार #अंक #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2625