Trending
Prev Story
Next Story

आर.एम.सी. फुड्सलाई दुई राष्ट्रिय सम्मान

Arthasansar •
November 25, 2026 • 10:07 AM
6
6 reads 0 reactions

आर.एम.सी. फुड्स प्रा.लि.ले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत...

आर.एम.सी. फुड्सलाई दुई राष्ट्रिय सम्मान

आर.एम.सी. फुड्स प्रा.लि.ले दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ । कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको हो ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मानसमेत प्राप्त गरेको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मंसिर ७ गते आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीका निर्देशक यश अग्रवाललाई सम्मानपत्र प्रदान गरिएको थियो।

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले संयुक्त रूपमा हस्ताक्षर गरेको सम्मानपत्र उनलाई प्रदान गरिएको हो ।

त्यस्तै, ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ मंसिर ९ गते काठमाडौंमा आयोजित १२औँ उद्योग दिवसको विशेष समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मान प्रदान गरिएको हो। भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कम्पनीका प्रतिनिधिलाई प्रदान गरेका थिए। मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

आर.एम.सी. ग्रुपअन्तर्गत सञ्चालित आर.एम.सी. फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगबाट प्रशोधित खाद्य तेल, विशेषगरी ‘Nutriplus’ ब्रान्डलगायत विभिन्न खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ ।

नेपाल उद्योग परिसंघ (CNI) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले सरकारी सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा मिलेको बताए । उनले व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा कम्पनीको प्रतिबद्धता निरन्तर रहने उल्लेख गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5h ago
भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड

भिसाबाट कुमारी बैंकलाई दुई विधामा उत्कृष्टताको सम्मान, लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसा इन्टरनेसनलबाट दुई विधामा उत्कृष्टताको सम्मान प्राप्त गरेको छ।

#सम्मान #प्राप्त
Compare →
Nagarik News
20h ago
एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

एनपिएलमा चम्किएका ढकाल गृह जिल्लामा सम्मानित, पाए लाखौँ रुपैयाँ पुरस्कार

चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद रु दुई लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन्।

#सम्मान
Compare →
Ekantipur
22h ago
सफ्टी हाइजिनलाई लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई लगातार दोस्रो वर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत लक्ष्मी पराजुली र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उद्योग वाणिज्य संघ हेटौडाका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईलगायतले सम्मान गरेका थिए ।

#सम्मान
Compare →
Onlinekhabar
5d ago
सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

सफ्टी हाइजिनलाई मकवानपुरमा लगातार दोस्रो बर्ष उत्कृष्ट करदाता सम्मान

७ मंसिर, काठमाडौं । सफ्टी हाइजिन प्रालिलाई १५औं राष्ट्रिय कर दिवसको सन्दर्भमा आन्तरिक राजस्व कार्यलय मकवानपुरले आव. २०८१/८२ को आयकरतर्फ उत्कृष्ट करदाता सम्मान प्रदान गरेको छ । सफ्टी हाइजिनलाई आन्तरिक राजस्व कार्यालय मकवानपुरका प्रमुख कर अधिकृत …

#सम्मान
Compare →
Hamro Patro News
5d ago
नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छः प्रवक्ता श्रेष्ठ

• नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्दै राष्ट्रिय सुरक्षामा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। • सेनाले मिडियासँग समन्वय र सहकार्य गर्दै विकास निर्माण र अन्य गतिविधिहरूको जा…

#सम्मान
Compare →

Related Stories

National (Nepal)
Build #2625