Trending
Prev Story
Next Story

दोहोरो अङ्कले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको सेयर कारोबार

Nagarik News •
November 24, 2026 • 10:54 AM
23
23 reads 0 reactions

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ३९ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ९५ मा पुगेको छ।

दोहोरो अङ्कले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको सेयर कारोबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक १५.३९ अङ्कले उकालो लागेर २ हजार ६३८.९५ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर ५ अर्ब ५५ करोड ३० लाख १९ हजार २४९ रुपैयाँमा खरिद-बिक्री भएको छ। आज १६५ कम्पनीको सेयर मूल्य बढ्यो भने १११ कम्पनीको घट्यो। ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८६ अङ्कले बढेर ४८२.३९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट सूचक १.२५ अङ्कले बढेर १८३.८९ र सेन्सेटिभ फ्लोट सूचक १.५३ अङ्कले बढेर १६३.९५ विन्दुमा कायम भएको छ।

आज १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढ्यो भने २ उपसमूहको सूचक घट्यो।

नेप्सेका अनुसार एभरेष्ट कलर, माउन्टेन हाइड्रोपावर र सिटि होटललगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी, मानुषी लघुवित्त, मेन्छियाम हाइड्रोपावर र ओममेगा श्रीलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: ८ मंसिर २०८३ १६:३९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ६६ अङ्कले बढेर दुई हजार ६४७ दशमलव ६१ मा पुगेको छ । ठूल...

#शेयर-बजार #अङ्क #नेप्से
Compare →
Arthasansar
1d ago
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे ५ अर्ब माथि

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार साढे ५ अर्ब माथि

साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आज सेयर बजार १५.३९ अंकले...

#शेयर-बजार #नेप्से #परिसूचक
Compare →
Bizshala
4h ago
सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ ।...

#शेयर-बजार #नेप्से #बढेर
Compare →
Onlinekhabar
5d ago
धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये अधिकांश …

#शेयर-बजार #नेप्से #परिसूचक
Compare →
Ekantipur
2d ago
विगत देखि नै २६ सयमा टेवा खोज्छ नेप्से ! अब के होला ?

विगत देखि नै २६ सयमा टेवा खोज्छ नेप्से ! अब के होला ?

गत साताको बुधबार २६१५, बिहीबार २६१७, शुक्रबार २६१८ विन्दु पुगेर फर्किएको नेप्से यस सोमबार २६०७ विन्दुबाट फर्किएको हो ।

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2625