Trending
Prev Story
Next Story

विगत देखि नै २६ सयमा टेवा खोज्छ नेप्से ! अब के होला ?

Ekantipur •
November 23, 2026 • 12:33 PM
3
3 reads 0 reactions

गत साताको बुधबार २६१५, बिहीबार २६१७, शुक्रबार २६१८ विन्दु पुगेर फर्किएको नेप्से यस सोमबार २६०७ विन्दुबाट फर्किएको हो ।

विगत देखि नै २६ सयमा टेवा खोज्छ नेप्से ! अब के होला ?

गत साताको बुधबार २६१५, बिहीबार २६१७, शुक्रबार २६१८ विन्दु पुगेर फर्किएको नेप्से यस सोमबार २६०७ विन्दुबाट फर्किएको हो ।

काठमाडौँ — सेयर बजार परिसूचक नेप्से पछिल्ला चार कारोबार दिनदेखि २६ सय विन्दु नजिक पुग्दै फर्किने गरिरहेको छ ।

गत साताको बुधबार २६१५, बिहीबार २६१७, शुक्रबार २६१८ विन्दु पुगेर फर्किएको नेप्से यस सोमबार २६०७ विन्दुबाट फर्किएको हो । सोमबार बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको भन्दा दुई अंकले बढेर २६२३ मा आएको छ ।

नेप्सेले २६ सय विन्दु आसपासबाट फर्किन खोजिरहेको छ । नेप्सेको रेखा चित्रमा बजारले यहीँ विन्दुमा यसअघि पनि पटक पटक टेवा पाएको देखाउँछ । २०८० पुस २० गते नेप्से २६१० बाट बढ्न थालेर २७७२ सम्म पुगेको थियो ।

त्यहाँबाट घटेर नेप्सेले फेरि २०८२ फागुन १० गते नै २६१४ मा टेवा पाएर बढ्यो । यो क्रममा नेप्सेले चैत १० मा २९६० भेट्यो । त्यसपछि घटबढ सहित असार १६ गते २६०८ सम्म ओर्लियो । त्यहाँबाट बजार केही बढ्ने प्रयासमा त देखियो । तर, २६६१ सम्म मात्रै पुग्यो ।

यसरी नेप्सेले पटक पटक २६०० विन्दु आसपास टेवा खोज्ने गरेको देखिएको छ ।  सामानयतया सय अंकको विन्दुलाई मनोवैज्ञानिक विन्दु मानिन्छ । बजार घट्ने क्रममा सय अंकका विन्दुमा आएपछि बजार केही सम्हालिन खोज्ने विश्लेषण गरिन्छ । नेप्सेको रेखाचित्रले पनि यसै विन्दुमा आएर बजार घट्नबाट सम्हालिन खोजेको देखाइरहेको हो ।

त्यस्तै नेप्से अहिले फिवोनाची रिट्रेसमेन्टको ५० प्रतिशत तहमा आएको छ । यो फिबोनाची रिट्रेसमेन्ट विश्लेषणको लागि नजिकको उच्च विन्दु २९६०, त्यसपछिको न्युन विन्दु २५१३ र हालको विन्दु २६२३ लाई लिइएको छ । यसले बजार ५० प्रतिशत रिट्रेसमेन्ट परिक्षणमा रहेको देखाएको छ ।

फिबोनाची रिट्रेसमेन्टले बजार घट्दा कहाँसम्म पुगेर घट्न रोकिन्छ वा बजार बढ्दा कहाँ पुगेर बढ्न रोकिन सक्छ भनेर देखाउँछ।

फिबोनाची रिट्रेसमेन्टमा २३ प्रतिशत, ३८ प्रतिशत, ५० प्रतिशत र ६१ प्रतिशतमा हुने विन्दुलाई हेरेर बजारले कहाँ कहाँ टेवा पाएरबाट बढ्न वा प्रतिरोध पाएर घट्न सक्छ भनेर हेरिन्छ ।

यो गणाना विधि निकै अघिदेखि प्रचलनमा रहेपनि इटालीका गणितिज्ञ लियोनार्डो फिबोनाचीले सन् १२०२ मा प्रकाशित आफ्नो पुस्तक 'लिबर अबाकी' मा यसको चर्चा गरेका थिए ।

तर, अहिले बजारमा याद गर्न पर्ने केही परिस्थिति भने बनेको छ । विशेष गरि बजारले नयाँ न्युन विन्दु बनाइरहेको छ । बुधबार २६१५ मा न्युन बिन्दु रहेकोमा यस सोमबार २६०७ मा नयाँ न्युन विन्दु बनाएको छ । आठ कारोबार दिनदेखि नेप्सेको हरेक दिनको उच्च विन्दु घट्दो क्रममा छ ।

बोलिङ्गर ब्याण्डमा भित्र नेप्से २० दिने औसत रेखाभन्दा तल छ । केही दिनअघिसम्म यही रेखामा नेप्सेले टेवा खोजिरहेको थियो । सन् १९८० को दशकमा जोन बोलिङ्गरले ‘बोलिङ्गर ब्यान्ड’ को विकास गरेका हुन् । बजारको चाल माथिल्लो सीमा र तल्लो सीमाभित्र बजार कसरी गइरहेको छ भनेर यसबाट हेर्ने गरिन्छ ।

विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2d ago
चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

चाडपर्व पछिको पहिलो साता : सेयर बजारमा १ प्रतिशतको गिरावट, औषत कारोबार ४ अर्ब १६ करोड

यस साता नेप्से परिसूचक १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४८.८९ विन्दुमा बन्द भएको नेप्से, यस साता...

#शेयर-बजार #नेप्से #विन्दु
Compare →
Onlinekhabar
3d ago
धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

धेरैजसो कम्पनीको सेयर मूल्य घट्दा पनि बढ्यो नेप्से

७ मंसिर, काठमाडौं । सोमबार सेयर बजारमा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से परिसूचक बढेको छ । अघिल्लो दिनको तुलनामा बजार परिसूचक नेप्से २.२६ अंक बढेसँगै २६२३ अंकमा कायम भएको छ । कारोबार भएका कम्पनीमध्ये अधिकांश …

#शेयर-बजार #नेप्से
Compare →
Bizshala
1h ago
सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘बजार अब धेरै घट्ने ठाउँ छैन'

सेयरबजारमा झिनो सुधार, जानकार भन्छन्, ‘बजार अब धेरै घट्ने ठाउँ छैन'

काठमाण्डौ । सोमबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक २.२६ अंकले बढेर २६२३.५६ विन्दुमा कायम भएको छ...

#शेयर-बजार #नेप्से
Compare →

Related Stories

Business & Economy
Build #2612