Trending
Prev Story
Next Story

वैभवको विस्फोटक दोहोरो शतकमा भारत ‘ए’ को सानदार जित, २५० को लक्ष्य १४.२ ओभरमै पूरा

Nagarik News •
November 24, 2026 • 11:55 AM
18
18 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ ले यूएईमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ।

वैभवको विस्फोटक दोहोरो शतकमा भारत ‘ए’ को सानदार जित, २५० को लक्ष्य १४.२ ओभरमै पूरा

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा भारत ‘ए’ ले यूएईमाथि ७ विकेटको सानदार जित हासिल गरेको छ।

वैभव सूर्यवंशीको विस्फोटक दोहोरो शतकको मद्दतमा भारत ‘ए’ ले २५० रनको लक्ष्य मात्र १४.२ ओभरमा ३ विकेट गुमाएर २५४ रन बनाउँदै पूरा गरेको हो।

२१४ बल बाँकी छँदै सानदार जित दिलाउने क्रममा भारत ‘ए’ का सूर्यवंशीले ५३ बलमा २०४ रनको ऐतिहासिक इनिङ्स खेले।

३८४.९० को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले २८ छक्का र ७ चौका प्रहार गरे। उनी १३औं ओभरको पाँचौं बलमा टोलीको स्कोर २४५ रन हुँदा यूएईका कप्तान बासिल हमिदको बलमा आउट भएका थिए।

भारत ‘ए’ को जितमा रिंकु सिंहले १९ बलमा २ चौका र २ छक्कासहित अविजित २७ रन जोडे। यस्तै, अभिषेक शर्माले १२ र प्रभसिमरन सिंहले ३ रन बनाए भने कुमार कुशाग्र १ रनमा अविजित रहे। बलिङतर्फ यूएईका जाहिद अली, इब्रार अहमद र कप्तान बासिल हमिदले समान १-१ विकेट लिए।

यसअघि कतारको दोहामा पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रनको योगफल तयार पारेको थियो।

यूएईका लागि हरप्रित सिंहले १४४ बलमा १२ चौका र ४ छक्कासहित १३० रनको शतकीय इनिङ्स खेले। यस्तै, कप्तान बासिल हमिदले अविजित ३६, मुहम्मद शहदादले २८ र इथन डिसुजाले २५ रन बनाए।

भारत ‘ए’ का लागि बलिङतर्फ अर्शद खानले १० ओभरमा ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै, हर्षित राणा, सूर्यांश शेडगे, हर्ष दुबे र शहबाज अहमदले १-१ विकेट हात पारे।

प्रकाशित: ८ मंसिर २०८३ १७:४० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

कतारमा भइरहेको प्रतियोगितामा रशिदले ८ ओभरमा ३९ रन खर्चेर पहिलो पटक ५ विकेट लिएका हुन् ।

#ओभर #विकेट #सानदार
Compare →
Hamro Patro News
1d ago
पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

पाकिस्तान ए विरुद्ध नेपालले एकै ओभरमा गुमायो २ विकेट

काठमाडौं- एशिया कप इमर्जिङ स्टार्समा पाकिस्तान ए र नेपालबीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा पाकिस्तान ए ले नेपाललाई १ सय ६९ रनको लक्ष्य दिएको छ । खेलमा नेपालले एकै ओ‌भरमा...

#बलमा #ओभर
Compare →
Bizshala
21m ago
नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात...

#भारत
Compare →
Arthasansar
1d ago
भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं  - अर्थमन्त्री वाग्ले

भारतबाट १८४ अर्ब ऋण तत्काल लिइँदैन, आवश्यकता अनुसार उपयोग गर्छौं - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त १८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गर्ने ‘लाइन...

#भारत
Compare →

Related Stories

Sports
Build #2625