Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले …

प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ ।

बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणबाट के अपेक्षा गरिएको थियो भने लामो समयसम्म छलफलकै क्रममा रहेका र नटुंगिएका विषयहरू टुंगोमा पुग्नेगरी छलफल हुनेछन् र विवादित विषयहरूमा नेपालको दृष्टिकोण प्रधानमन्त्रीज्यूले स्पष्टसँग राख्नुहुनेछ भन्ने आम नेपालीको विश्वास थियो । सबैभन्दा पहिलो कुरा यसमा विश्वासघात भयो । कुनैपनि पुराना वा नयाँ कुरामा स्पष्टसँग धारणा राखेको देखिएन,’ उनले भने ।

उनले दुई देशबीच लामो समयदेखि छलफलकै क्रममा रहेका तथा नटुंगिएका विषयहरू टुंगिनेमा नेपाली जनताको विश्वास रहेको भएपनि त्यसअनुसार दृष्टिकोण राख्न प्रधानमन्त्री सफल भएको नदेखिएको बताए ।

भारतले नेपाललाई सहयोग  गर्ने भनि घोषणा गरिएको रकम ऋण हो वा अनुदान भन्ने कुरा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले प्रधानमन्त्री साहको भारत भ्रमण निजी नभई मुलुकको प्रतिनिधित्व गर्ने भ्रमण भएकाले त्यसका उपलब्धि र समझदारीबारे जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएको दोहोर्‍याए ।

‘प्रधानमन्त्रीज्यूले भारतमा गएर के के गर्नुभएको हो ? को कोसँग भेट्नुभएको हो ? के के छलफल भयो ? के के सम्झौता भए ? के के प्रक्रियामा अघि बढेको हो ? सहयोगको घोषणा भएको कुरा ऋण हो कि अनुदान हो ? यी सबै कुराहरू प्रधानमन्त्रीज्यूले नेपाली जनतालाई आधिकारिक रुपमा नेपाली जनतालाई भन्नुपर्‍यो,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सार्वजनिक गरेको भारत भ्रमणका १२ प्रमुख उपलब्धिमध्ये नेपाल भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण कूटनीतिक प्रगतिका रूपमा प्रस्तुत गरिएको छ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र चुनौती- १२ बुँदे विश्लेषण

सारांश Summarized by AI प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ आर्थिक, रणनीतिक र सांस्कृतिक आयाममा विस्तार गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । नेपालले भारतसँगक...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Ekantipur
1d ago
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण: नेपालले के पायो, के गुमायो ?

सत्ता नेतृत्वमा आएको सात महिनापछि भारत भ्रमण गरेका बालेन्द्रले कस्ता मुद्दा र चासो उठाए अनि त्यसमा कति उपलब्धि हासिल भए ? पूर्वप्रधानमन्त्री सुशीला कार्कीका राजनीतिक सल्लाहकार एवं सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसीका अनुसन्धान निर्देशक अजय भद्र खनालसँगको कुराकानी ।

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Arthasansar
1d ago
बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

बालेनको भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा ओझेलमा परे - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको...

#बालेन-शाह #भ्रमण #भारत
Compare →
Bizshala
1d ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#बालेन-शाह #भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2625