Trending
Prev Story
Next Story

तलब माग्दा एम्बुलेन्स चालक कुटिएको आरोप, गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा

Nagarik News •
November 20, 2026 • 10:20 AM
3
3 reads 0 reactions

हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीमाथि एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोप लागेको हो।

तलब माग्दा एम्बुलेन्स चालक कुटिएको आरोप, गाउँपालिका अध्यक्ष प्रहरी नियन्त्रणमा

काम गरेको तलब तथा भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालकलाई गाउँपालिका अध्यक्षले हातपात गरेको आरोप लागेको छ। हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीमाथि एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोप लागेको हो।

बिहीबार दिउँसो तलब तथा भत्ता माग्न कार्यालय पुगेका चंखेली गाउँपालिका–४ निवासी २९ वर्षीय सिंहमाथि अध्यक्ष शाहीले हातपात गरेको आरोप छ। सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काका अनुसार शाहीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

डीएसपी खड्काले हालसम्म अध्यक्षविरुद्ध औपचारिक उजुरी नपरेको जानकारी दिए। उजुरी परेमा अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

हातपातमा परेको आरोप लागेका चालक सिंहलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य रहेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १६:०५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
तलब माग्न आएका एम्बुलेन्स चालकलाई कुटेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

तलब माग्न आएका एम्बुलेन्स चालकलाई कुटेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । पारिश्रमिक माग्न गाउँपालिका अध्यक्षकहाँ पुगेका हुम्लाको चंखेली गाउँपालिकाका एम्बुलेन्स चालक कुटपिटमा परेका छन् । चालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई ...

#गाउँपालिका #एम्बुलेन्स #चालक
Compare →
Onlinekhabar
10h ago
हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

हुम्लामा एम्बुलेन्स चालकमाथि कुटपिटको आरोप, गाउँपालिका अध्यक्ष नियन्त्रणमा

४ मंसिर, हुम्ला । एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो तलब भत्ता माग्न गाउँपालिका कार्यालय पुगेका एम्बुलेन्स चालक पृथ्वीबहादुर सिंहलाई अध्यक्ष शाहीले हातपात गरेको …

#गाउँपालिका #एम्बुलेन्स #हुम्ला
Compare →
Ekantipur
6h ago
एम्बुलेन्स चालक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

एम्बुलेन्स चालक कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली ४ का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।

#गाउँपालिका #एम्बुलेन्स #चालक
Compare →
Bizshala
4d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →

Related Stories

National (Nepal)
Build #2612