Trending
Prev Story
Next Story

धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

Onlinekhabar •
November 20, 2026 • 02:01 AM
11
11 reads 0 reactions

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट …

धादिङमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ घाइते

४ मंसिर, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गाडीमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित नौ जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
धादिङमा जिप दुर्घटना : एक महिलाको मृ'त्यु, चालकसहित नौ जना घाइते

धादिङमा जिप दुर्घटना : एक महिलाको मृ'त्यु, चालकसहित नौ जना घाइते

धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।

#दुर्घटना #जिप #चालकसहित
Compare →
Ekantipur
2d ago
भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

भीमफेदीमा सुमो दुर्घटना, २ जनाको मृत्यु, ७ जना घाइते

चालकसहित १० जना सवार सुमो दुर्घटनामा सात जना घाइते भएका छन् भने मृत्यु हुनेको संख्या प्रारम्भिक विवरणमा दुई पुगेको छ।

#दुर्घटना #मृत्यु #चालकसहित
Compare →
Hamro Patro News
11h ago
दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु, पछाडि बसेका पनि घाइते

दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु, पछाडि बसेका पनि घाइते

काठमाडौ - चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्। शुक्रबार सांझ मकवानपुरबाट सतु...

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Bizshala
17h ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612