Trending
Prev Story
Next Story

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

Ekantipur •
November 25, 2026 • 10:02 AM
10
10 reads 0 reactions

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताएका थिए

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताएका थिए

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म पर्याप्त बजेट रहेको बताएका छन् ।

तर, कंग्रेस डेमोक्रेटहरूले नियन्त्रण प्राप्त गरेमा सैन्य कारबाहीमा अवरोध आउन सक्ने र आफूले ‘पूर्ण विजय’ भनेको उपलब्धि पराजयमा बदलिन सक्ने चेतावनी उनले दिए ।

‘न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिएर प्रशासनको सैन्य उद्देश्य हासिल गर्ने क्षमतामा सीमा लगाउन सक्ने उनको भनाइ छ ।

ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु सैन्य अभियानको मुख्य उद्देश्य रहेको बताए। तेहरानमा शासन परिवर्तन आफ्नो प्रमुख लक्ष्य नभएको उल्लेख गर्दै उनले कूटनीतिक समाधानलाई प्राथमिकता दिने बताए।

शनिबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग हुने कुनै पनि सम्झौता स्थायी हुनुपर्ने र त्यसले तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने बताएका थिए ।

इरानको वरिष्ठ नेतृत्वमाथि भएको आक्रमणलाई महत्त्वपूर्ण घटनाक्रमका रूपमा उल्लेख गर्दै उनले नयाँ नेतृत्वलाई पहिलेभन्दा बढी तर्कसङ्गत भने पनि वार्ताप्रतिको विश्वसनीयतामाथि प्रश्न उठाए । इरानले विगतमा सम्झौता गरेर पछि उल्लङ्घन गरेको आरोप पनि उनले लगाए ।

चीन भ्रमणपछि शुक्रबार बोल्दै ट्रम्पले इरानले दशकौँदेखि अन्तर्राष्ट्रिय समुदायलाई भ्रममा पारेको आरोप लगाएका थिए ।

वासिङ्टनले वास्तविक सम्झौता चाहेको उल्लेख गर्दै उनले इरानले ५१ वर्षदेखि नक्कली सम्झौताको अभ्यास गर्दै आएको टिप्पणी गरेका  थिए । इरानसँगको सम्झौताको स्वरूपले पेट्रोलियम पदार्थको मूल्यसमेत प्रभावित पार्न सक्ने उनको भनाइ थियो ।

ट्रम्पले द्वन्द्वका क्रममा भएको क्षतिको लागतसमेत इरानले व्यहोर्नुपर्ने तर्क गरेका छन् । यसैबीच, पश्चिम एसियामा तनाव जारी रहँदा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्ध थप सैन्य कारबाही गर्न अमेरिकी प्रशासनलाई आग्रह गरेको समाचार सार्वजनिक भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

न्युयोर्क पोस्ट’ सँगको अन्तर्वार्तामा ट्रम्पले आगामी महिनासम्म सैन्य अभियानका लागि रकम उपलब्ध भए पनि राजनीतिक विरोधले त्यसलाई कमजोर बनाउन सक्ने चिन्ता व्यक्त गरेका हुन्।

#ट्रम्प #सैन्य #इरानविरुद्ध
Compare →
Hamro Patro News
1d ago
ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकता र कूटनीतिक सम्बन्ध विस्तारमा

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकता र कूटनीतिक सम्बन्ध विस्तारमा

ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकता र कूटनीतिक सम्बन्ध विस्तारमा

#ट्रम्प
Compare →
Onlinekhabar
5d ago
एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् । हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा …

#ट्रम्प
Compare →
Bizshala
3d ago
इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

इरान युद्धको बजेट विवादले अमेरिकामा सरकारी कामकाज ठप्प हुने जोखिम

काठमाडौं। इरानसँगको युद्ध र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का लागि थप ३५० अर्ब अमेरिकी डलर बजेट उपलब्ध गराउने...

#युद्ध #बजेट
Compare →

Related Stories

World News
Build #2625