Trending
Prev Story
Next Story

अस्ट्रेलियाको अर्थतन्त्र ओरालो लाग्दै, व्यवसायीको मनोबल खस्कियो

Nagarik News •
November 25, 2026 • 01:46 AM
10
10 reads 0 reactions

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अस्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको बताएका छन्।

अस्ट्रेलियाको अर्थतन्त्र ओरालो लाग्दै, व्यवसायीको मनोबल खस्कियो

अस्ट्रेलियामा आर्थिक मन्दी (रिसेसन) आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ। समूहका अनुसार मुलुकमा आर्थिक मन्दीको जोखिम करिब ५० प्रतिशत पुगेको छ।

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अस्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको बताएका छन्। उनका अनुसार व्यवसायीहरूको घट्दो मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने जोखिम बढाएको छ।

डेभरेलले अस्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्तता आएको संकेत गरेको बताएका छन्। म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सम्बन्धी अनुमानले चौथो त्रैमासिकमा अर्थतन्त्र संकुचित हुने सम्भावना कम देखाए पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उनको भनाइ छ।

म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकैपटक आर्थिक दबाबमा परेका छन्। यी परिस्थितिले अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ।

यसअघि एचएसबीसीका अस्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अस्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गरेका थिए। उनले पनि आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताएका थिए।

सोमबार संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताएका थिए।

यद्यपि, कोषाध्यक्ष र केन्द्रीय बैंक दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् संकुचन हुने अपेक्षा नगरेको उनले स्पष्ट पारेका थिए।

चाल्मर्सले सन् २०२६ अस्ट्रेलियाका नागरिक, अर्थतन्त्र र विश्व समुदायका लागि निकै कठिन वर्ष रहेको बताएका थिए। आगामी दिनमा परिस्थिति सहज हुनुअघि थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

अस्ट्रेलियाको तथ्यांक विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक गर्ने तयारी गरेको छ। कोषाध्यक्ष चाल्मर्सका अनुसार इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण समग्र मुद्रास्फीति निकै उच्च रहने अर्थशास्त्रीहरूको अनुमान छ। एजेन्सी

प्रकाशित: ९ मंसिर २०८३ ०७:३१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
5d ago
सबल अर्थतन्त्रका लागि सरकारले बाटो बनाए व्यवसाय पनि सँगै कुद्छ : मुन्दडा

सबल अर्थतन्त्रका लागि सरकारले बाटो बनाए व्यवसाय पनि सँगै कुद्छ : मुन्दडा

नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले स्पष्ट सरकारी दृष्टिकोण र कार्यान्वयनबिना लगानीकर्ताले निर्णय गर्न नसकेको बताएका छन् ।

#अर्थतन्त्र #बताए
Compare →
Onlinekhabar
5d ago
अस्ट्रेलियामा अल्बानिजीको लोकप्रियता खस्कियो, प्रधानमन्त्रीको दौडमा एङ्गस टेलर अगाडि

अस्ट्रेलियामा अल्बानिजीको लोकप्रियता खस्कियो, प्रधानमन्त्रीको दौडमा एङ्गस टेलर अगाडि

९ मंसिर, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीको जनसमर्थनमा उल्लेखनीय गिरावट आएको छ। पछिल्लो राष्ट्रिय जनमत सर्वेक्षणले सरकारको कार्यसम्पादनप्रति मतदाताको असन्तुष्टि तीव्र रूपमा बढ्दै गएको देखाएको छ भने प्रधानमन्त्रीको रोजाइमा विपक्षी लिबरल पार्टीका नेता एङ्गस …

#अस्ट्रेलिया #खस्कियो
Compare →
Bizshala
4h ago
सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘अर्थतन्त्र सुधारको संकेतले सेयर विश्वास फर्किंदैछ’

काठमाण्डौ । बुधबार सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा कायम भएको छ ।...

#अर्थतन्त्र
Compare →
Arthasansar
7h ago
बाह्य क्षेत्र बलियो, आन्तरिक बजार सुस्त: कस्तो छ अर्थतन्त्रको पछिल्लो चित्र ?

बाह्य क्षेत्र बलियो, आन्तरिक बजार सुस्त: कस्तो छ अर्थतन्त्रको पछिल्लो चित्र ?

चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त) सम्मका आर्थिक सूचकहरूले नेपाली अर्थतन्त्रमा दोहोरो चरित्र देखाएका छन् । एकातिर...

#अर्थतन्त्र
Compare →
Hamro Patro News
1d ago
न्युजिल्यान्डको अर्थतन्त्रमा सुधारका सङ्केत, मुद्रास्फीतिको चुनौती कायमै

न्युजिल्यान्डको अर्थतन्त्रमा सुधारका सङ्केत, मुद्रास्फीतिको चुनौती कायमै

न्युजिल्यान्डमा आर्थिक गतिविधि क्रमशः सुधार हुने संकेत देखिएसँगै व्यावसायिक क्षेत्रको विश्वास बढ्न थालेको छ । यद्यपि, समग्र आर्थिक पुनरुत्थान अझै कमजोर र चुनौतीपूर्ण अवस्थामा रहेको एक सर्वेक्षणले द...

#अर्थतन्त्र
Compare →

Related Stories

Business & Economy
Build #2625