Trending
Prev Story
Next Story

एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् । हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा …

एनभिडियामा जेन्सनको पुनरागमनको श्रेय लिने ट्रम्पको प्रयास, भन्छन्– ‘बोर्ड सदस्यलाई मैले मनाएँ’

८ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिका सदस्यहरूलाई व्यक्तिगत रूपमा मनाएर जेन्सन हुआङलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पुन: फर्काएको दाबी गरेका छन् ।

हुआङको पुनरागमनले अमेरिकी राष्ट्रिय सुरक्षामा कुनै खतरा नहुने विश्वास आफूले बोर्ड सदस्यहरूलाई दिलाएको ट्रम्पको भनाइ छ ।

एनभिडियाले हुआङलाई पुन: सीईओ नियुक्त गरेको घोषणा गरेलगत्तै सीएनबीसीसँग फोन अन्तर्वार्तामा ट्रम्पले आफ्नो पहलमा जेन्सन कम्पनीको नेतृत्वमा पुन: फर्किएको दाबी गरेका हुन् ।

एनभिडियाको सञ्चालक समितिसँग सम्पर्क गरेको हो कि होइन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मैले उनीहरूसँग कुरा गरेँ र मनाएँ ।’

यसअघि सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले एनभिडियाको सञ्चालक समितिले हुआङलाई सीईओ पदमा पुन: ल्याउने निर्णय सही भएको बताएका थिए । उनले हुआङलाई ‘राष्ट्रिय सम्पत्ति’ समेत भनेका थिए ।

एनभिडिया कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीमा प्रयोग हुने सेमिकन्डक्टर चिप उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनीमध्ये एक हो ।

हुआङले करिब दुई साताअघि एनभिडियाको सीईओ पद छाडेका थिए । उनीसँग जोडिएका विवाह बाहिरका सम्बन्धसम्बन्धी रिपोर्ट सार्वजनिक भएपछि पदत्याग गरेको विवरणहरू आएका थिए । ती रिपोर्टमा सिंगापुरको एक कम्पनीकी पूर्वकार्यकारीसँगको सम्बन्ध पनि उल्लेख थियो । ती महिलाको चीनसँग सम्बन्ध रहेको अमेरिकी गुप्तचर निकायहरूले आशंका गरेको बताइएको थियो ।

यसैबीच, ट्रम्पले केही दिनअघि चीनको शेनझेनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग आफूले जेन्सनलाई दोस्रो अवसर दिनुपर्ने भनाइ राखेको ट्रम्पले बताएका छन् ।

हुआङबाट विगतमा केही गलत निर्णय भएको ट्रम्पले स्वीकार गरेका छन् । यद्यपि, उनले एनभिडियालाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम पालना गरेको सुनिश्चित गर्न आन्तरिक जाँच जारी राख्न आग्रह गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
18h ago
ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

ट्रम्पले गरे जेन्सेन हुआङलाई एनभिडियाको सीईओमा पुनः नियुक्त गर्न आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनभिडियाका सञ्चालक समितिले जेन्सन हुआङलाई पुनः कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने आशा व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट...

#ट्रम्प #एनभिडिया #हुआङ
Compare →
Nagarik News
10h ago
ट्रम्पको दबाबपछि एनभिडियामा फर्किए जेन्सेन, सञ्चालक समितिले उल्ट्यायो आफ्नै निर्णय

ट्रम्पको दबाबपछि एनभिडियामा फर्किए जेन्सेन, सञ्चालक समितिले उल्ट्यायो आफ्नै निर्णय

एनभिडियाको सञ्चालक समितिका अध्यक्ष हार्वे सी. जोन्सले सोमबार जारी गरेको विज्ञप्तिमा हुआङ नै कम्पनीको नेतृत्वका लागि उपयुक्त व्यक्ति भएको बताएका छन्।

#ट्रम्प #एनभिडिया #हुआङ
Compare →
Bizshala
4d ago
जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्नो त्रैमासिक नतिजाले बजारको अपेक्षा तोडेको छ। अक्टोबरमा सकिएको...

#एनभिडिया #अमेरिकी #जेन्सन
Compare →
Ekantipur
9h ago
एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

एनभिडियामा जेन्सेन हुआङको पुन:बहाली

विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।

#एनभिडिया #हुआङ
Compare →

Related Stories

Technology
Build #2621