विवाहेत्तर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडियाको प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङलाई कम्पनीले पुन: बहाली गरेको छ ।
काठमाडौँ — विवाहेतर सम्बन्धसँग जोडिएको विवाद र राष्ट्रिय सुरक्षासम्बन्धी प्रश्न उठेपछि एनभिडिया को प्रमुख कार्यकारी अधिकृत पदबाट नोभेम्बर १२ मा राजीनामा दिएका जेन्सेन हुआङ लाई कम्पनीले पुन: बहाली गरेको छ ।
सोमबार एनभिडियाको बोर्डले तत्काल लागू हुने गरी हुआङलाई सीईओ, अध्यक्ष र बोर्ड सदस्यमा पुन: बहाली गरेको घोषणा गरेको हो । बोर्डले यो निर्णय गर्दा अमेरिकी सरकारका ‘वरिष्ठ तह’ बाट सुझाव प्राप्त भएको जनाएको छ ।
सीएनएनका अनुसार हुआङको फिर्तीको खबरसँगै एनभिडियाको सेयर ३० प्रतिशतले बढेको छ । यसले समग्र अमेरिकी बजारमै सकारात्मक तरंग ल्याएको छ । नास्डाक सूचक ६.७ प्रतिशत, एस एन्ड पी ५०० ४.७ प्रतिशत र डो जोन्स २.५ प्रतिशतले वृद्धि भएका छन् ।
हुआङले विवाहेतर सम्बन्धसँग जोडिएको विवाद पछि राजीनामा दिएका थिए । तीमध्ये एउटा सम्बन्ध सिंगापुरस्थित मेगास्पिड कम्पनीकी कार्यकारी एलिस हुआङसँगको थियो । अमेरिकाबाट चीनमा सेमिकन्डक्टर पठाएको आरोपमा मेगास्पिडमाथि छानबिन भइरहेको छ । एलिसलाई चिनियाँ गुप्तचर निकायसँग जोडिएको आशंकासमेत गरिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको फिर्तीलाई स्वागत गर्दै ट्रुथ सोसलमा उनलाई ‘दोस्रो मौका’ मिल्नुपर्ने उल्लेख गरेका छन् । ट्रम्पका अनुसार अघिल्लो हप्ता एसियामा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा पनि हुआङबारे कुरा भएको थियो । सीले उनलाई ‘उत्कृष्ट व्यक्ति’ भनेका थिए । सीएनएनका अनुसार अर्थमन्त्री स्कट बेसेन्टले भने चिनियाँ पक्षसँगको छलफलमा हुआङको विषय नउठेको जनाएका छन् ।
हुआङ फर्किए पनि एनभिडियाको बोर्डले राष्ट्रिय सुरक्षा तथा विदेशी गुप्तचर प्रयाससम्बन्धी छानबिनलाई निष्कर्षमा पुर्याउने जनाएको छ । यसका लागि ‘राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रण समिति’ गठन गरेको जनाएको छ। डिसेम्बर १ मा हुआङले अमेरिकी प्रतिनिधि सभा र सिनेटमा बयान दिदै छन् ।