Trending
Prev Story
Next Story

नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

Nagarik News •
November 25, 2026 • 11:34 AM
5
5 reads 0 reactions

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।

नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।

सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ्चालनमा सहजता तथा सडकको उचित व्यवस्थापन गर्ने उद्देश्यले सार्वजनिक अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए।

त्यस सिलसिलामा स्थानीय तिला गाउँपालिकास्थित कुडारीबजार र त्रिवेणी बजार क्षेत्रका अतिक्रमित सबै संरचना हटाउन थालिएको कार्यालय प्रमुख महताराले बताए।

उनले अतिक्रमण घरटहरा तथा निर्माण सामग्री हटाउन र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न गाउँपालिका र सडक डिभिजनले प्राथमिकताका साथ काम गरिरहेको उनले स्पष्ट पारे।

अतिक्रमित संरचना हटाउने सन्दर्भमा विगतमा सूचना टाँस्नमै सीमित रहेकामा अहिले भने कार्यान्वयन गर्न स्थानीय सरकार र सडक डिभिजन क्रियाशील भएको  बताए।

आगामी दिनमा जुम्ला लगायत कालीकोट र मुगु जिल्लाका राजमार्ग क्षेत्रभित्रका अतिक्रमित त्यस्ता संरचना हटाउन सार्वजनिक सूचना जारी गरी आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १७:१९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
नाग्म–जुम्ला क्षेत्रमा राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

नाग्म–जुम्ला क्षेत्रमा राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ । सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात स...

#जुम्ला #संरचना #नाग्म
Compare →
Onlinekhabar
5d ago
सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक …

#संरचना #हटाउन
Compare →
Ekantipur
3d ago
भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा भूमि प्रशासनले आफ्नो हाताभित्र बनाइएका संरचना हटाएको हो।

#संरचना
Compare →
Arthasansar
3d ago
घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक...

#संरचना
Compare →

Related Stories

Politics & Governance
Build #2625