Trending
Prev Story
Next Story

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

Nagarik News •
November 25, 2026 • 11:07 AM
5
5 reads 0 reactions

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोग, टङ्गालबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा रिजालसमेतले पद तथा ओहदाको दुरुपयोग गरी बदनियत राखी आपसी मिलेमतो र योजनामा सेवाग्राहीको सामान गोश्वारा हुलाक कार्यालयमार्फत कुरियर गरी विदेश पठाउन विभिन्न बहाना बनाई बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिए।

उनका अनुसार रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:५२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
विदेशमा कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा हुलाकका नासुविरुद्ध मुद्दा

विदेशमा कुरियर पठाउँदा २० हजार घुस लिएको आरोपमा हुलाकका नासुविरुद्ध मुद्दा

काठमाडौं । सेवाग्राहीको सामान विदेश पठाउने क्रममा २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको ...

#घुस #विदेश #पठाउँदा
Compare →
Bizshala
2d ago
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । कुरियरमार्फत विदेशमा सामान पठाउने सेवाग्राहीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

#घुस #विदेश #मुद्दा
Compare →
Ekantipur
9h ago
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी

द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्‍याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।

#विदेश
Compare →
Onlinekhabar
5d ago
नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब पुर्‍याउने प्रस्ताव

नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब पुर्‍याउने प्रस्ताव

९ मंसिर, काठमाडौं । नागरिक लगानी कोषको पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. …

#गरी
Compare →

Related Stories

Technology
Build #2625