Trending
Prev Story
Next Story

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

Arthasansar •
November 22, 2026 • 05:38 AM
2
2 reads 0 reactions

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक...

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर २७ गते आइतबारका लागि वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभा दाङको घोराही उपमहानगरपालिका–१४, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजेबाट सुरु हुने छ । सभामा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा नाफा–नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै सञ्चालकसँग सम्बन्धित संस्थासँग कम्पनीले गरेको कारोबार अनुमोदन गर्ने, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने विषय समेटिएको छ । त्यस्तै कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–११, ट्रेड टावरबाट काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा स्थानान्तरण गर्ने प्रस्ताव पनि रहेको छ । यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ । कम्पनीले आफ्नो प्रबन्धपत्रमा रहेका उद्देश्यहरू संशोधन तथा थप गर्ने र दफा ५ मा समेत परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। यसका साथै कम्पनीको हालको शेयर संरचनालाई परिवर्तन गरी साधारण सेयरमा मात्र सीमित गर्ने प्रस्ताव गरिएको छ। उक्त परिवर्तनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्था पनि परिमार्जन गर्ने प्रस्ताव रहेको छ।

सभामा सञ्चालक समितिबाट हालसम्म भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने र नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न निर्देशन आएमा त्यसलाई कार्यान्वयन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसमेत पेस गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई नामसारी प्रक्रियासमेत पूरा भएका शेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3d ago
सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश र बोनस सेयर पारित गर्ने

सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश र बोनस सेयर पारित गर्ने

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको कात्तिक २९ गते बसेको...

#सिमेन्ट #बोलायो #साधारणसभा
Compare →
Onlinekhabar
1d ago
वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

५ मंसिर, बुटवल । वन प्राविधिकहरूले आफ्नो पेशागत पहिचान, मर्यादा र कार्यक्षेत्र सुनिश्चित हुने गरी तहगत संरचना तथा नियमनको व्यवस्था गर्न छुट्टै कानुन बनाउन माग गरेका छन् । वन क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्राविधिक जनशक्तिको पेशागत …

#संरचना
Compare →
Ekantipur
3d ago
घोराही–तुलसीपुर फोरलेन सडकको प्रगति १७ प्रतिशत मात्रै

घोराही–तुलसीपुर फोरलेन सडकको प्रगति १७ प्रतिशत मात्रै

सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो ।

#घोराही
Compare →
Hamro Patro News
4d ago
ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

ट्रेड युनियनका संरचना हटाउने निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौँ। ट्रेड युनियनका संरचना हटाउने गरी सरकारको निर्णयविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मंग...

#संरचना
Compare →
Nagarik News
5d ago
कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

कान्ति ताल बेवारिसे, भत्किँदै संरचना

पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ।

#संरचना
Compare →

Related Stories

Business & Economy
Build #2612