Trending
Prev Story
Next Story

घोराही–तुलसीपुर फोरलेन सडकको प्रगति १७ प्रतिशत मात्रै

Ekantipur •
November 18, 2026 • 12:02 PM
2
2 reads 0 reactions

सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो ।

घोराही–तुलसीपुर फोरलेन सडकको प्रगति १७ प्रतिशत मात्रै

सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो ।

दाङ — घोराही–तुलसीपुर फोरलेन सडक स्तरोन्नतिमा हालसम्म १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक निर्माणमा १५ प्रतिशत वित्तीय प्रगति भएको डिभिजन सडक कार्यालय दाङका प्रमुख दीपेन्द्रबहादुर विष्टले बताए ।

सडक २ अर्ब ५२ करोड ३७ लाख २ हजार ३ सय ६१ रुपैयाँ लागतमा २०८२ असार २४ मा सम्झौता भई साउन ८ बाट निर्माण सुरु भएको हो । सडक २०८५ असार २३ मा सम्पन्न गर्नुपर्ने समयसीमा रहेको उनले जानकारी दिए ।

सडक निर्माणको जिम्मा दिवा/बन्दन भगवती जेभी काठमाडौंले लिएको छ । घोराहीको डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म २१ दशमलव ५८ किलोमिटर सडक चारलेन बनाउन थालिएको छ ।

सुरुमा तीव्र गतिमा काम भए पनि पछिल्लो समय सुस्तता आएको छ । दसैंतिहारका कारण काममा केही ढिलाइ भए पनि अब कामले गति लिने विष्टले बताए । पाँच वर्षमा आठ ठेकेदार परिवर्तन गर्दा र पाँचपटक म्याद थप्दा पनि प्रगति नभएको उक्त सडकमा फेरि पनि ढिलाइ हुन्छ कि भन्ने चिन्ता जिल्लावासीलाई छ । मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत सडक निर्माण भइरहेको छ ।

हालसम्म कालोपत्रे गरेको क्षेत्रबाहेक सडकको दायाँबायाँ माटो पटान कार्य १४ किलोमिटरसम्म सम्पन्न भएको विष्टले बताए । उनका अनुसार रतनपुरदेखि बेलझुण्डीसम्म ३८ वटा बक्स कल्भर्ट निर्माण भइसकेका छन् । घोराहीदेखि दुधराससम्मका विभिन्न क्षेत्रमा सडक छेउका संरचनाहरू निर्माण भइरहेको उनले बताए ।

दुईवटा स्ल्याब कल्भर्ट निर्माण भइसकेको र एउटा निर्माणाधीन रहेको उनले जानकारी दिए । खैरा, दुधरास, सौडीकुला र नारायणपुर क्षेत्रमा ६ किमि नालीको काम सम्पन्न भइसकेको छ । गुर्जे खोलादेखि बेलझुण्डीसम्म बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य सम्पन्न भइसकेको छ भने घोराहीदेखि गुर्जे खोलासम्मका बिजुलीका पोलहरू स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।

निर्माणमा ४ वटा एक्स्काभेटर, १ वटा ग्रेडर, २ वटा रोलर, ४ वटा ब्याकहो लोडर, १६ वटा टिपर, २ ट्रेलर, एउटा सानो क्रेन, ५ वटा ट्र्याक्टर र २ वटा पानीट्यांकी प्रयोग भइरहेको उनले बताए । यस्तै, १ वटा डोजर, १ वटा ह्वील लोडर, १ युनिक्रेन र २ टेलिग्यान्डर गरी ४० वटा निर्माणसँग सम्बन्धित सवारीसाधन तथा उपकरण सञ्चालनमा रहेको विष्टले जानकारी दिए ।

घोराही–तुलसीपुर सडक खण्डमा पर्ने रुखहरू नियमअनुसार व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको उनले बताए । विष्टका अनुसार अब विभिन्न ठाउँहरूमा ग्राभेलिङको तयारी भइरहेको छ ।

नेपाल सरकार र भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सहयोगमा २०७५ माघ १४ गतेदेखि फोरलेन सडक निर्माण सुरु भएको थियो । सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर थियो । सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । सडक निर्माणको म्याद पाँचपटक थप्दा पनि भौतिक प्रगति ९ दशमलव ६९ र आर्थिक प्रगति १४ दशमलव २३ प्रतिशत मात्रै भएको थियो ।

अन्तिममा २०८० असार ३१ गतेसम्म म्याद थपिएको थियो । यसरी पाँचपटक म्याद थप भए पनि फिल्डमा कुनै पनि काम नभएपछि अन्ततः सरकारले ठेक्का सम्झौता रद्द गरेको थियो । पहिले भारतीय निर्माण कम्पनी नै मुख्य ठेकेदार हुनुपर्ने प्रावधान र भारत सरकारका अन्य प्राविधिक सर्तहरूले सडक निर्माण जटिल बनेको थियो । अहिले नेपालकै बजेटमा नेपाली कम्पनीले नै ठेक्का पाएकाले समयमै काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

फोरलेन सडक निर्माणका क्रममा सडकको दुवैतिर भत्काएर मुख्य सडकको दुवैतिर खाल्डा पारिएको छ । जसका कारण यात्रा निकै जोखिमपूर्ण छ । फोरलेन निर्माण सुरु गरेयता यस सडकमा भएका सवारी दुर्घटनामा ३० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2d ago
भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी...

#प्रगति
Compare →
Onlinekhabar
2d ago
दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले …

#घोराही #तुलसीपुर
Compare →
Hamro Patro News
6d ago
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको...

#प्रगति
Compare →
Bizshala
1w ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#प्रगति
Compare →

Related Stories

Building & Construction
Build #2612