Trending
Prev Story
Next Story

मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

Arthasansar •
November 18, 2026 • 09:36 AM
3
3 reads 0 reactions

काठमाडौं–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका...

मकवानपुरको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत

काठमाडौं–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त  सुरुङको ब्रेक थ्रु गरेको हो ।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए । द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित  समयमा नै सम्पन्न गर्न निर्देशन दिए । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
7h ago
फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

फास्ट ट्र्याकको महादेवटार सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङमार्ग आज ‘ब्रेक थ्रु’ हुँदैछ । राष्ट्रपति...

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Ekantipur
5h ago
फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

फास्ट ट्र्याकको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण गरिएका छन्। निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको लम्बाइ ३.४४५ किलोमिटर छ। यस सुरुङको बुधबार ब्रेक थ्रु भएको हो।

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Hamro Patro News
5h ago
आज फास्ट ट्र्याकको महादेवटार सुरुङको `ब्रेक थ्रु´ हुँदै

आज फास्ट ट्र्याकको महादेवटार सुरुङको `ब्रेक थ्रु´ हुँदै

हेटौँडा । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको आज ब्रेक थ्रु´ गरिने भएको छ ।सुरुङको ब्रेक थ्रु´ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गरिने मकवानपुरका प्...

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Nagarik News
3h ago
राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलबाट महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन्।

#सुरुङ #ब्रेक #थ्रु
Compare →
Onlinekhabar
4h ago
काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

२ मंसिर, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको पनि आज ब्रेकथ्रु भएको छ । ३ हजार …

#सुरुङ #महादेवटार #ब्रेक
Compare →

Related Stories

National (Nepal)
Build #2612