Trending
Prev Story
Next Story

भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

Ekantipur •
November 22, 2026 • 12:33 PM
2
2 reads 0 reactions

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा भूमि प्रशासनले आफ्नो हाताभित्र बनाइएका संरचना हटाएको हो।

भूमि प्रशासन हाताभित्र रहेको लेखपढीको घर-संरचना भत्काइयो

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा भूमि प्रशासनले आफ्नो हाताभित्र बनाइएका संरचना हटाएको हो।

राजविराज — भूमि प्रशासन कार्यालय (मालपोत) राजविराजको हाताभित्र अतिक्रमण गरी लेखापढी व्यवसायीले निर्माण गरेको घरसहितका संरचना आइतबार साँझ हटाइएको छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको उपस्थितिमा राजविराज नगरपालिकाका नगरप्रहरी र डोजरको सहयोगमा भूमि प्रशासनले आफ्नो हाताभित्र बनाइएका संरचना हटाएको हो। यसले प्रत्यक्ष रूपमा कार्यालयभित्र हुने बिचौलियाको पहुँच बन्द हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

यस्तै, राजविराज नगरपालिकाले अड्डा लाइनसहित नगर क्षेत्रको अतिक्रमण गरिएको फुटपाथ खाली गराउने कामलाई निरन्तरता दिएको जनाएको छ। कार्यवाहक नगरप्रमुख इसरत परविणका अनुसार पटकपटक फुटपाथ खाली गर्न जारी गरिएको सूचनालाई बेवास्ता गरिएपछि बाध्य भएर नगरप्रहरी र डोजर लगाएर फुटपाथ खाली गराउन थालिएको हो।

आरएन विश्वास कान्तिपुर मिडिया ग्रुपका सप्तरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
7h ago
घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक...

#संरचना
Compare →
Onlinekhabar
2d ago
वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

वन प्राविधिकलाई तहगत संरचनामा राख्ने कानुन बनाउन माग

५ मंसिर, बुटवल । वन प्राविधिकहरूले आफ्नो पेशागत पहिचान, मर्यादा र कार्यक्षेत्र सुनिश्चित हुने गरी तहगत संरचना तथा नियमनको व्यवस्था गर्न छुट्टै कानुन बनाउन माग गरेका छन् । वन क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्राविधिक जनशक्तिको पेशागत …

#संरचना
Compare →
Hamro Patro News
2d ago
भूमिहीनलाई भूमिको स्वामित्व

भूमिहीनलाई भूमिको स्वामित्व

भूमि मानिसको जीवनयापनको आधार मात्र होइन, सामाजिक प्रतिष्ठा, आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसासँग जोडिएको विषय पनि हो। आफ्नो नाममा एक टुक्रा जमिन नहुँदा मानिसले भोग्नुपर्ने असुरक्षा र अनिश्चितता ...

#भूमि
Compare →
Nagarik News
5d ago
करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।

#प्रशासन
Compare →

Related Stories

World News
Build #2612