Trending
Prev Story
Next Story

करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

Nagarik News •
November 17, 2026 • 09:36 AM
3
3 reads 0 reactions

सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।

करको दायरा विस्तार र कर प्रशासन सुधारमा सरकारको जोड

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको छ।

दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित मनाइन थालिएको यस साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मानसँगै प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

विभागअन्तर्गतका कार्यालयले आ–आफ्नो क्षेत्रका तीन–तीन करदातालाई सम्मान गर्नेछन्।

त्यसैगरी, करको दायरा विस्तार, करसम्बन्धी स्किम कार्यान्वयन, डिजिटल कर सेवा प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि प्रचारप्रसार गरिनेछ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्ड राखिनेछ।

शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित विशेष कार्यक्रम, उद्योग वाणिज्य संघसँगको सहकार्यमा सचेतना अभियान र स्थानीय तहका साथै कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षणसमेत दिइनेछ।

करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष साझेदारीका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने तथा करको प्रत्यक्ष प्रतिफल नागरिकलाई अनुभूति गराउन सरकार प्रतिबद्ध छ।

प्रकाशित: १ मंसिर २०८३ १५:२१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6h ago
नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने संस्थागत तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ ।राष्ट्रिय कर...

#करदाता #दायरा #विस्तार
Compare →
Hamro Patro News
52m ago
कर सप्ताह सुरु

कर सप्ताह सुरु

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा, डिजिटल कर सेवा प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित आजदेखि साताव्यापी कार्यक्रम शुरू गरेको...

#करको #दायरा #विस्तार
Compare →
Onlinekhabar
4h ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’को आवेदन आह्वान

१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत ‘त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी …

#विस्तार
Compare →
Ekantipur
3d ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →

Related Stories

Politics & Governance
Build #2612