Trending
Prev Story
Next Story

स्याङ्जा प्रशासनमा अब सरकारी सेवासँगै निःशुल्क स्वास्थ्य जाँच

Onlinekhabar •
November 17, 2026 • 06:01 AM
2
2 reads 0 reactions

१ मंसिर, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने सेवाग्राहीले अब सरकारी सेवासँगै निःशुल्क प्रारम्भिक स्वास्थ्य सेवा पनि पाउने भएका छन् । पुतलीबजार नगरपालिकाको सहयोग र प्रशासन कार्यालयको समन्वयमा गत बिहीबारदेखि स्वास्थ्य सहायता …

स्याङ्जा प्रशासनमा अब सरकारी सेवासँगै निःशुल्क स्वास्थ्य जाँच

१ मंसिर, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा सेवा लिन आउने सेवाग्राहीले अब सरकारी सेवासँगै निःशुल्क प्रारम्भिक स्वास्थ्य सेवा पनि पाउने भएका छन् । पुतलीबजार नगरपालिकाको सहयोग र प्रशासन कार्यालयको समन्वयमा गत बिहीबारदेखि स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा ल्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार हाललाई हरेक हप्ता सोमबार र बिहीबार हेल्थ डेस्क सञ्चालन हुनेछ । राष्ट्रिय परिचयपत्र, नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीको चापलाई ध्यानमा राखेर स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको उनले बताए ।

विशेषगरी गाउँबाट सेवा लिन आउने ज्येष्ठ नागरिक, विपन्न तथा टाढाका सेवाग्राहीलाई लक्षित गरी यो सेवा सुरु गरिएको प्रजिअ घिमिरेको भनाइ छ । राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको भीड हुने भएकाले उनीहरूको स्वास्थ्य अवस्था जाँच गर्न र आवश्यक सहयोग उपलब्ध गराउन हेल्थ डेस्क उपयोगी हुने घिमिरेले बताए ।

हेल्थ डेस्क सञ्चालनका लागि पुतलीबजार नगरपालिकाले एक जना स्वास्थ्यकर्मी खटाएको छ । सेवाग्राहीलाई आवश्यक परे एम्बुलेन्सको व्यवस्था पनि गरिनेछ । कार्यालय समयभर एम्बुलेन्स जिल्ला प्रशासन कार्यालय परिसरमै तयारी अवस्थामा राखिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलका अनुसार कार्यालय समयमा हेल्थ डेस्कबाट सेवाग्राहीलाई प्रारम्भिक स्वास्थ्य सेवा दिइनेछ । प्रशासनमा सेवा लिन आएका व्यक्तिलाई स्वास्थ्य समस्या देखिएमा आवश्यक प्रारम्भिक औषधिसमेत उपलब्ध गराइने उनले बताए ।

सरकारी कामका लागि प्रशासन कार्यालय पुग्दा स्वास्थ्य समस्या देखिए तत्कालै प्रारम्भिक सहायता पाउन सकून् भन्ने उद्देश्यले सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी वासिङ्टन डीसीमा डर्टी बम वा रासायनिक हतियार प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचना...

#प्रशासन
Compare →
Ekantipur
3d ago
भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटना : प्रशासनको आश्वासनसँगै शव लिएर सर्लाही फर्किए आफन्त

भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।

#प्रशासन
Compare →
Bizshala
5d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#निःशुल्क
Compare →
Nagarik News
5d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#निःशुल्क
Compare →

Related Stories

Politics & Governance
Build #2612