Trending
Prev Story
Next Story

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

Onlinekhabar •
November 16, 2026 • 02:00 PM
4
4 reads 0 reactions

३० कात्तिक, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय …

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

३० कात्तिक, लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताएका हुन्।

मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा अस्पतालको स्तरोन्नति गरिरहेको छ । प्रदेशका अस्पतालमा उपलब्ध शय्या सङ्ख्या पहिलेको २५० बाट बढाएर हाल ८५० पुर्‍याइएको जनाउँदै उनले सोहीअनुसार स्वास्थ्यकर्मी तथा अन्य जनशक्ति पनि थप गर्दै लगिएको उनले बताए । आवश्यकताअनुसार करारमा कर्मचारी नियुक्त गरी सेवा विस्तार भइरहेको उल्लेख गर्दै उनले पहिलेको तुलनामा अहिले धेरै नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बताए।

प्रदेश अस्पताल बेँसीसहरले धेरै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा सिटी स्क्यान सेवा आवश्यक रहेको उल्लेख गरे । सिटी स्क्यानलगायत अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने विषयमा प्रदेश सरकारले ध्यान दिने उनको भनाइ छ ।

आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि प्राथमिकता निर्धारण गर्दा लमजुङ अस्पताल अग्रपङ्तिमा राखिने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता जनाए । आगामी एक वर्षभित्र प्रदेश सरकारले पुन: बजेट निर्माण गर्ने अवसर पाउने भएकाले सो समयमा अस्पतालको आवश्यकता र नागरिकको चापलाई ध्यानमा राखेर आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरिने उनले बताए।

प्रदेशमा डायलाइसिस सेवा लिन प्रतीक्षामा रहेका ८२१ जनाको सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्यसहित प्रदेश सरकारले काम गरिरहेको उनले बताए। मिर्गौलाका बिरामीले समयमै उपचार सेवा पाउने व्यवस्था मिलाउन डायलाइसिस सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।

स्वास्थ्य सेवाको पहुँच सहरी तथा सदरमुकाम क्षेत्रमा मात्र सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्‍याउने प्रदेश सरकारको योजना रहेको मुख्यमन्त्री पाण्डेले बताए। करारमा नियुक्त स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरी गाउँगाउँका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास भइरहेको उनले उल्लेख गरे।

प्रदेशको सीमित बजेट र न्यून आन्तरिक आम्दानीका कारण अपेक्षाअनुसार विकास निर्माण तथा स्वास्थ्य क्षेत्रको स्तरोन्नति गर्न कठिनाइ भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । प्रदेशको विकासका लागि ठूलो बजेट आवश्यक पर्ने भए पनि कर तथा अन्य स्रोतबाट अपेक्षित आम्दानी सङ्कलन हुन नसक्दा विकासका काममा चुनौती देखिएको उनले बताए। उनले गण्डकी प्रदेशका लमजुङ, दमौली र स्याङ्जाका अस्पतालमा भवन निर्माण तथा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याए।

यी तीन वटै अस्पतालको भवन निर्माणका लागि करिब रु दुई अर्ब रकम आवश्यक पर्ने भए पनि प्रदेश सरकारले एकै पटक उक्त बजेट विनियोजन गर्न नसक्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । लमजुङ अस्पतालको भवन निर्माणका लागि गत वर्ष रु ६९ करोडको योजना अघि सारिएको भन्दै विभिन्न कारणले बजेट विनियोजन हुन नसकेको उनले जानकारी दिए। चालु अवस्थामा कूल योजनाको २० प्रतिशत रकम विनियोजन गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उनले बताए।

प्रदेश सरकारले स्थानीय तहमा अस्पताल निर्माण तथा सञ्चालन गरेर नागरिकलाई थप स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताएका छन्। डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेशक...

#मुख्यमन्त्री
Compare →
Nagarik News
1d ago
छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने छ: मुख्यमन्त्री भट्ट

छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने छ: मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले छठ पर्वले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

#मुख्यमन्त्री
Compare →
Arthasansar
2d ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन्। आज बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री यादवले राजीनामा दिएका हुन्। आज बसेको बैठकमा...

#मुख्यमन्त्री
Compare →
Ekantipur
2d ago
मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

मधेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612