Trending
Prev Story
Next Story

‘सरकारले नागरिकका पक्षमा काम गरोस्’

Nagarik News •
November 15, 2026 • 01:18 PM
3
3 reads 0 reactions

पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

‘सरकारले नागरिकका पक्षमा काम गरोस्’

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारसँग नागरिकका अपेक्षा धेरै रहेकाले जनहितलाई केन्द्रमा राखेर नागरिकका पक्षमा काम गर्न सरकारलाई सुझाव दिएका छन्।

झण्डै दुई तिहाइको समर्थन भएको सरकारप्रति नागरिकले धेरै अपेक्षा गरेको हुँदा नागरिकका पक्षमा काम गर्नुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज वालिङमा आयोजना गरेको पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा महामन्त्री पौडेलले सरकारले नागरिकका पक्षमा काम गर्नुपर्ने भन्दै कांग्रेसले बाहिर बसेर सकारात्मक सहयोग गर्ने उल्लेख गरे।

‘नागरिकसँग जोडिएका मुद्दाका विषयमा सरकारले कदम चाल्न सकोस्, हामी बाहिरै बसेर सहयोग गर्न तयार छौँ’, महामन्त्री पौडेलले भने, ‘शासन विधिको हुनुपर्छ, संविधानभन्दा माथि हामी कोही छैनौँ, त्यसको कार्यान्वयनमा जोड दिऔँ, कांग्रेस पनि यही चाहन्छ।’

महामन्त्री पौडेलले पार्टी सभापति गगनकुमार थापामाथि लगाइएको मिथ्या आरोपको छानबिन गर्न माग गरे।

पार्टीको जिम्मेवारी पाएका नपाएका सबैले उत्तिकै जिम्मेवारीसहित पार्टीको सङ्गठनलाई अझै मजबुत बनाउँदै अगाडि बढ्नका लागि उहाँले नेता कार्यकर्ताहरुलाई निर्देशन दिए।

सोही अवसरमा महामन्त्री पौडेलले स्याङ्जा क्षेत्र नं २ (क) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्यहरु सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले पार्टीको सङ्गठन विस्तारमा जोड दिएका थिए।

प्रकाशित: २९ कार्तिक २०८३ १९:०३ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन : प्रदीप पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आरोप लगाएका छन् । कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा …

#पौडेल #कांग्रेस #सरकारले
Compare →
Hamro Patro News
2d ago
सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

सरकारले अरू दलमाथि हस्तक्षेप गर्न खोज्दैछ : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा...

#पौडेल #कांग्रेस #सरकारले
Compare →
Ekantipur
2h ago
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई प्रदीप पौडेलको चेतावनी

उनले निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए ।

#पौडेल #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612