Trending
Prev Story
Next Story

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

Nagarik News •
November 15, 2026 • 01:10 PM
3
3 reads 0 reactions

म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आज छठ पर्व मनाइएको छ। म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।

जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन्।

सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म मनाइने छठले धार्मिक र सामाजिक सद्भावको सन्देश दिएको छ।

आज साँझ कालीगण्डकी नदी किनारमा पूजाआजा र अर्घ दिएका व्रतालुले सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिने तयारी गरेका छन्। छठको पुजाका लागि तीन दिनसम्म पानी पनी नखाई व्रत बसेका थिए।

नुहाइधुवाइ शुद्ध बस्त्र लगाएर व्रत बस्ने गरिएको बेनीमा ब्यवसाय गर्दै आउनुभएका प्रतिमा शाहले बताइन्।

व्यावसायिक व्यस्तताले जन्मथलो जान नपाए पनि आफू बसेकै ठाउँमा सामूहिक रुपमा छठ पर्व मनाइएको किसन शाहले बताए।

नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायत राखिएका प्रसाद लिएर नदी किनारमा उभिएका व्रतालुले सूर्यलाई अर्घ चढाएका थिए । ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, फर्सी, सिंगारा, पान, सुपारी, धूप, दीप, अरतक, पात, चना आदिको प्रसाद बनाएर चढाएका थिए।

छठ मनाउन जम्मा भएका मिथिलाञ्चलवासीलाई बेनीमा बसोबास गर्ने अन्य समुदायले शुभकामना दिएका थिए।

छठको पूजा गरेको देखेर अनौठो मानेका थिए। आफ्नै जन्मथलोमा जसरी विधिपूर्वक छठ मनाएको उमाशङ्कर शाहले बताए।

म्याग्दीका विभिन्न ठाउँमा करिब २०० जना तराईबासी छन्। व्यावसायिक र पारिवारिक कारणले घरमा जान नपाउनेलाई पछिल्ला केही वर्षयता बेनीमै छठ पर्व मनाउने व्यवस्था मिलाएको सञ्जय ठाकुरले बताए।

बेनीका करिब १०० जना मिथिलाञ्चलबासी यसपालि छठ मनाउन आफ्नो जन्मथलो गएका र नगएकाहरुले बेनीमै मनाएको उनले बताए।

विसं २०७७ वर्षदेखि तराईबासीले म्याग्दीमा छठ मनाउन थालेका हुन्। सरकारले विसं २०७६ फागुनमा म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरेको थियो। रासस

प्रकाशित: २९ कार्तिक २०८३ १८:५५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2h ago
चितवनमा धुमधामपूर्वक मनाइयो छठ

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । चार …

#पर्व #मनाइयो
Compare →
Hamro Patro News
1d ago
म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

म्याग्दी – धौलागिरि क्षेत्रका चार जिल्ला कार्यक्षेत्र हुने गरि म्याग्दीको सदरमुकाम बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ।

#म्याग्दी
Compare →

Related Stories

National (Nepal)
Build #2612