Trending
Prev Story
Next Story

रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

Onlinekhabar •
November 16, 2026 • 02:01 PM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक …

रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

३० कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् ।

सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।

चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे ।

विश्व मानवता र सार्वभौमसत्ताका मुख्य बुँदाहरू–

सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय चुनौतीहरूको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता अपरिहार्य रहेको औंल्याए । उनले सम्बोधनको क्रममा मुख्यतया निम्न विषयहरूमा जोड दिए ।

आर्थिक र राजनीतिक स्वाधीनता: जबसम्म कुनै पनि राष्ट्र आफ्नै आर्थिक नीति र विकासका प्राथमिकताहरू तय गर्न स्वतन्त्र हुँदैन, तबसम्म उसको राजनीतिक स्वतन्त्रता पूर्ण हुन सक्दैन ।

बहुध्रुवीय विश्व व्यवस्था: कुनै पनि राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो भविष्य निर्धारण गर्ने मौलिक अधिकार छ । सार्वभौम समानता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्थाको विकास गर्नुपर्छ ।

दक्षिण–दक्षिण आर्थिक सहकार्य: सीमित बाह्य वित्तीय केन्द्रहरूमा निर्भर रहनुको साटो विस्तारित व्यापार, लगानी र पूर्वाधार साझेदारीमार्फत अर्थतन्त्रहरू बलियो बनाउनुपर्दछ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा सुधार: विश्वव्यापी वित्त नियन्त्रण गर्ने संस्थाहरू लोकतान्त्रिक र उत्तरदायी हुनुपर्छ । जोखिम न्यूनीकरणका लागि स्थानीय मुद्रामा व्यापार र वैकल्पिक वित्तीय प्रणालीको खोजी गर्नुपर्नेमा जोड ।

प्रविधि हस्तान्तरण र औद्योगिकीकरण : ‘ग्लोबल साउथ’ केवल कच्चा पदार्थको आपूर्तिकर्ता मात्र बन्न नहुने बताउँदै औद्योगिकरण, वैज्ञानिक अनुसन्धान र डिजिटल आधुनिकीकरणमार्फत उत्पादन क्षमता बढाउनुपर्ने ।

नेपालको शान्ति प्रक्रिया र राजनीतिक रूपान्तरणको चर्चा गर्दै संयोजक प्रचण्डले ऐतिहासिक लोकतान्त्रिक आन्दोलन र सफल शान्ति प्रक्रियामार्फत नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको स्मरण गराए ।

छिमेकी मुलुकहरूसँगको सम्बन्धबारे बोल्दै उनले भनेका छन्, ‘भारत र चीनको बीचमा रहेको एक सार्वभौम, भू–परिवेष्ठित विकासोन्मुख देशको रूपमा नेपाल स्वतन्त्र, असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध छ । हाम्रो भूगोल सहयोग र साझा समृद्धिका लागि पुल बन्नुपर्छ, न कि भू–राजनीतिक प्रतिस्पर्धाको क्रिडास्थल ।’

साथै, उनले रसियासँगको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उच्च कदर गर्दै शिक्षा, विज्ञान, व्यापार, पर्यटन र संस्कृतिका क्षेत्रमा सहकार्य अझ सुदृढ गर्न चाहेको स्पष्ट पारे ।

सम्बोधनको अन्त्यमा संयोजक प्रचण्डले कुनै पनि राष्ट्र अर्कोको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नहोस् र विकासको अधिकारबाट कोही पनि वञ्चित नहोस् भन्दै स्वतन्त्रता, शान्ति, सामाजिक न्याय र उज्ज्वल भविष्यका लागि सङ्घर्षरत सम्पूर्ण जनसमुदायप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गरे ।

मस्कोमा रहँदा संयोजक प्रचण्डले संसारभरिबाट आएका राजनीतिक दलका नेताहरूसँग दुईपक्षीय र बहुपक्षीय भेटघाट गर्ने र अन्तर्राष्ट्रिय रूपमा पार्टीको सम्बन्ध बलियो बनाउँदै नेपाल फर्किने विषय नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय विभाग सदस्य माधव पन्तले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा...

#प्रचण्ड #रूस
Compare →
Ekantipur
1d ago
नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

नेकपा संयोजक दाहालले रुसमा के गर्दैछन् ?

रुस भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘फर फ्रिडम अफ नेसन्स’ विश्व सम्मेलनमा विभिन्न देशका नेताहरूसँग भेटघाट गरेका छन् ।

#प्रचण्ड #संयोजक
Compare →
Nagarik News
3d ago
१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

#प्रचण्ड #संयोजक
Compare →
Arthasansar
3d ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#प्रचण्ड
Compare →

Related Stories

World News
Build #2612