Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

८ मंसिर, काठमौं । आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको …

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

८ मंसिर, काठमौं । आजदेखि १०औं राष्ट्रिय खेलकुदका खेलहरू सुरु हुँदैछन् । औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् ।

दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।

लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु पनि वीरेन्द्रनगर आइपुगेका छन् ।

वीरेन्द्रनगरको रंगशाला पनि सोमबार हस्तान्तरण गरेर उद्घाटन भइसकेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको लागि सबै तयारी पूरा गरी प्रचारप्रसारका लागि वीरेन्द्रनगरमा र्‍यालीसमेत निकालिएको थियो ।  मुख्यमन्त्री मंगल बहादुर शाही, मन्त्री, सांसद, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य सचिव रामचरित्र मेहता, प्रदेश खेलकुद परिषद् उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव रविन चन्दसहित खेलाडी तथा स्थानीयको सहभागितामा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

लामो समयको प्रतीक्षापछि कर्णालीमा १०औं खेलकुद सुरु हुन लागेको हो । धेरै प्रतियोगिताहरू सुर्खेतको रंगशालामा हुनेछन्। खेलको उद्घाटन र समापन पनि सुर्खेतकै रंगशालामा हुनेछ । उद्घाटन १६ गते हुँदैछ भने समापन  मंसिर २७ मा हुने तय छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

#खेलकुद #उद्घाटन
Compare →
Nagarik News
1h ago
दसौं खेलकुद आज सुरु हुँदै

दसौं खेलकुद आज सुरु हुँदै

कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको खेलकुदको महाकुम्भ मंगलबार सुरु हुँदै छ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेल मंगलबारबाटै खेलाइनेछन्।

#खेलकुद #उद्घाटन
Compare →
Arthasansar
18h ago
महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

#उद्घाटन
Compare →
Hamro Patro News
1d ago
दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

दसौँ राष्ट्रिय खेलकुदबाट नयाँ खेलाडी पहिचान हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा आयोजना हुन गइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेलाडीको पहिचान, खेलाडीलाई प्रतिस्पर्धाको अवसर र खेल पूर्वाधारको विका...

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2621