Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

Ekantipur •
November 22, 2026 • 05:02 AM
2
2 reads 0 reactions

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

दसौं राष्ट्रिय खेलकुद : उद्घाटनमा झल्किनेछन् दसै जिल्लाका सांस्कृतिक पहिचान

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

सुर्खेत — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा कर्णालीका दशवटै जिल्लाको सांस्कृतिक पहिचान झल्काउने तयारी गरिएको छ। प्रतियोगितालाई खेलकुद प्रतिस्पर्धामा मात्र सीमित नराखी प्रदेशको मौलिक कला, संस्कृति, परम्परा र आतिथ्य सत्कार देशभर चिनाउने अवसरका रूपमा प्रस्तुत गर्न खोजिएको छ।

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रबिन चन्दका अनुसार उद्घाटन समारोहमा जिल्लागत रूपमा सांस्कृतिक झाँकी, परम्परागत नाचगान, बाजागाजा र मौलिक प्रस्तुतिहरू समेटिनेछन्। राउटे समुदायको नाचसमेत समारोहको आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी छ।

विभिन्न जिल्लाका सांस्कृतिक समूहलाई तीनदेखि चार मिनेटसम्मको समय उपलब्ध गराउने योजना रहेको उनले बताए। ‘कर्णालीका दसवटै जिल्लाको पहिचान उद्घाटन समारोहमा देखाउन चाहन्छौं,’ चन्दले भने, ‘यहाँका संस्कृति, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिमार्फत कर्णालीको मौलिकता देशभर चिनाउने हाम्रो उद्देश्य हो।’

सामाजिक विकासमन्त्री जितबहादुर मल्लले दसौं राष्ट्रिय खेलकुदलाई कर्णालीको कला, संस्कृति र पहिचान देशभर चिनाउने माध्यमका रूपमा लिनुपर्ने बताए। सातै प्रदेशका खेलाडी, खेलप्रेमी र खेलकुदसँग आबद्ध व्यक्तिहरू कर्णाली आउने भएकाले उनीहरूमार्फत यहाँको सांस्कृतिक विविधता चिनाउन सकिने उनको भनाइ छ। ‘दसौं राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगिता मात्रै होइन, कर्णालीमा रहेका कला, संस्कृति र पहिचान देशभर चिनाउने माध्यम पनि हो,’ उनले भने, ‘बाहिरबाट आउने खेलाडी र खेलप्रेमीलाई कर्णालीको मौलिकता देखाउने अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्छ।’

मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि प्रतियोगितालाई कर्णालीको कला, संस्कृति र आतिथ्य सत्कार प्रस्तुत गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनका अनुसार प्रतियोगिताले कर्णालीका कलाप्रेमी, संस्कृतिप्रेमी र आम नागरिकलाई अन्य प्रदेशबाट आउने खेलाडी तथा पाहुनाको स्वागत गर्ने अवसर दिएको छ।

कर्णालीका मौलिक गीत, नाच, कला, संस्कृति र परम्परासँगै यहाँको आतिथ्य सत्कारबाट पनि प्रदेशको पहिचान स्थापित गर्न सकिने उनले बताए। विभिन्न प्रदेशबाट आउने पाहुनालाई कर्णाली चिनाउने अवसर प्राप्त भएकाले सबैले यसलाई आत्मसात् गर्नुपर्ने उनको भनाइ छ ।

उद्घाटन समारोहलाई थप आकर्षक बनाउन आतसबाजी र प्याराग्लाइडिङ प्रदर्शन समेट्ने प्रस्तावसमेत गरिएको छ। ‘उद्घाटन र समापन समारोह तथा समग्र व्यवस्थापन हाम्रा मुख्य चुनौती हुन्,’ उनले भने, ‘यी पक्ष व्यवस्थित गर्न सक्यौं भने प्रतियोगिताको सफल आयोजनासँगै कर्णालीको क्षमता पनि देशभर देखाउन सकिन्छ।’

दसौं राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुनु प्रदेशको पहिचान, संस्कृति र सामर्थ्य प्रस्तुत गर्ने अवसर पाएको छ । प्रतियोगितामार्फत खेलकुदसँगै कर्णालीको मौलिकता र आतिथ्यलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
46m ago
दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

दशौँ राष्ट्रिय खेलकुदले कर्णालीको पहिचान र सम्भावना राष्ट्रियस्तरमा चिनाउनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको भूगोल, संस्कृति, इतिहास र आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्...

#खेलकुद #कर्णाली #पहिचान
Compare →
Nagarik News
4h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #कर्णाली
Compare →
Onlinekhabar
1d ago
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका तयारी ९० प्रतिशत पूरा : मुख्यमन्त्री शाही

४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारले जनाएको छ । खेलस्थल व्यवस्थापन, खेलाडीको पोसाक, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र उद्घाटन समारोहको …

#खेलकुद
Compare →

Related Stories

National (Nepal)
Build #2612