Trending
Prev Story
Next Story

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सफल बनाउन मुख्यमन्त्रीको आह्वान

Nagarik News •
November 24, 2026 • 12:38 AM
2
2 reads 0 reactions

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन्।

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, सफल बनाउन मुख्यमन्त्रीको आह्वान

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजित ‘कर्णाली प्रदेश रंगशालाको हस्तान्तरण तथा समुद्घाटन कार्यक्रम’मा मुख्यमन्त्री शाहीले यही मंसिर १६ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुने भए पनि मंसिर ९ गतेदेखि विभिन्न विधाका खेल सुरु हुने बताएका छन्।

प्रतियोगिता सम्पन्न गर्न शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप), कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आपसी समन्वय तथा सहकार्यबाटै काम भइरहेको उनले बताए।

मुख्यमन्त्री शाहीले भने, ‘प्रतियोगिताको आयोजनास्थल कर्णाली प्रदेशको मुकाम सुर्खेत वीरेन्द्रनगर भए पनि यसलाई सफल पार्ने जिम्मा हामी सबै सरोकारवालाको हो। यसमा साथ सहयोग दिन तपाईं सम्पूर्णमा हार्दिक आह्वान गर्दछु।’ उनले कर्णाली प्रदेश रंगशाला निर्माण आयोजनाको जिम्मा लिएको एमएसी–जिएसएल जेभीबाट निर्मित भौतिक संरचना र प्रदेश रंगशालाको सञ्चालन, उपयोग, व्यवस्थापन तथा संरक्षणको जिम्मेवारी लिनेगरी हस्तान्तरणपत्र ग्रहण गर्दै सो रंगशालाको सोमबारै उद्घाटनसमेत गरे।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको अर्जुनदृष्टि भनेकै खेल सम्पन्न गर्नु हो भने। उनले प्रदेशकै गौरवको संरचनामा हुन थालेको ऐतिहासिक खेलकुद प्रतियोगिता सञ्चालनमा आउने समस्या र चुनौतीलाई सामना गर्दै भव्य रूपमा सम्पन्न गरिने बताए।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रदेश सरकारले खेलाडीको स्वास्थ्य तथा सुरक्षाका लागि अस्पताल स्थापनाका साथै दुई हजारभन्दा बढी सुरक्षाकर्मी खेल अवधिभर परिचालन गर्न लागेको बताए।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता उत्सवमय हुँदै गएको बताए। कीर्तिमानी धावक हरिबहादुर रोकायले प्रतियोगिता सबै मिलेर सफल बनाउने साझा प्रयासमा लाग्न अनुरोध गरे। कार्यक्रममा कर्णालीका देउडा तथा हुड्के, पैसरु, थारु, मगर, गुरुङ, गर्रालगायत सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो। रासस

प्रकाशित: ८ मंसिर २०८३ ०६:२३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज आयो...

#खेलकुद #मुख्यमन्त्री #कर्णाली
Compare →
Ekantipur
1d ago
एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

#खेलकुद #दशौँ #तयारी
Compare →
Arthasansar
19h ago
यूनिटेक हाइड्रोपावरको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

यूनिटेक हाइड्रोपावरको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?

यूनिटेक हाइड्रोपावरले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २७ गेतका लागि...

#मंसिर #आह्वान
Compare →

Related Stories

Politics & Governance
Build #2621