Trending
Prev Story
Next Story

भुर्तेल र सन्दीप चम्किँदा १००औं ओडीआईमा नेपालको जित

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको …

भुर्तेल र सन्दीप चम्किँदा १००औं ओडीआईमा नेपालको जित

६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२२ रनको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

यो नेपालको १००औं ओडीआई खेल थियो । नेपालले यस खेलमा आफ्नो ५०औं जित निकालेर यस खेललाई यादगार बनाएको छ ।

भुर्तेलले ५६ बलमा ६ चौका र १ छक्कासहित ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रन बनाए ।

यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए भने उदीस सुरी र अंश टन्डनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनएको थियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाए ।

यस्तै हरप्रीत सिंह भाटियाले ३२ रन बनाए । नूर उल्लाह अयोबीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा ११ रन मात्र दिएर ३ मेडन राख्दै ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट लिँदा नन्दन यादव, रासिद खान र ललित राजवंशीले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा भारत ए सँग २६ रनमा अलआउट हुँदै ३०६ रनको हार बेहोरेको थियो । नेपालले यसपछि मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

लुम्बिनी लायन्सका सन्दीप जोरा भन्छन्, ‘जित हात पर्नेमा विश्वास थियो’

विराटनगर किंग्सविरूद्धको खेलमा जितका लागि १ सय ६७ रन पछ्याउने क्रममा लुम्बिनी लायन्सले एक बलको खेल बाँकी छँदा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको हो ।

#विकेट #सन्दीप
Compare →
Hamro Patro News
1h ago
एसिया कप राइजिङ स्टार्स: यूएईविरुद्ध भुर्तेलको अर्धशतक

एसिया कप राइजिङ स्टार्स: यूएईविरुद्ध भुर्तेलको अर्धशतक

एसिया कप राइजिङ स्टार्सअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेका छन् । १२२ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार गरेर भुर्तेलले टीम...

#भुर्तेल
Compare →
Nagarik News
1d ago
एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।

#विकेट #सन्दीप
Compare →

Related Stories

National (Nepal)
Build #2612