Trending
Prev Story
Next Story

पोर्चुगलमा महँगी र आवास संकटविरुद्ध हजारौंको प्रदर्शन

Ekantipur •
November 22, 2026 • 09:32 AM
2
2 reads 0 reactions

फ्रान्सलगायत युरोपका अन्य देशमा पनि महँगीविरुद्ध यस्तै प्रदर्शन भइरहेका छन्

पोर्चुगलमा महँगी र आवास संकटविरुद्ध हजारौंको प्रदर्शन

फ्रान्सलगायत युरोपका अन्य देशमा पनि महँगीविरुद्ध यस्तै प्रदर्शन भइरहेका छन्

लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा शनिबार भारी वर्षाका बाबजुद हजारौं मानिसले आकाशिएको महँगी, गहिरिँदो आवास संकट र न्यून ज्यालाको विरोधमा प्रदर्शन गरेका छन् ।

पोर्चुगलको सबैभन्दा ठूलो ट्रेड युनियन संगठन 'सीजीटीपी' को आयोजनामा भएको उक्त प्रदर्शनमा ज्याला र पेन्सन वृद्धि, अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण तथा घरभाडा घटाउने उपाय अवलम्बन गर्न माग गरिएको छ।

छाता र बर्सादी ओढेर मुख्य सडकमा उत्रिएका प्रदर्शनकारीको संख्या 'धेरै हजार' रहेको आयोजकले दाबी गरेको छ।

४४ वर्षीय कारखाना मजदुर म्यानुअल गोम्सले मध्य–दक्षिणपन्थी सरकारको नीतिका कारण दैनिक जीवनयापन कठिन बनेको बताए। 'हामी धेरै काम गर्छौं, खर्च बढेको छ तर दैनिक गुजारा चलाउने पैसा छैन,' उनले भने, 'इन्धन र घरभाडा निरन्तर बढिरहेको छ, यसलाई बदल्नै पर्छ।'

युरोस्ट्याटका अनुसार सन् २०२५ मा पोर्चुगलको औसत वार्षिक आम्दानी युरोपेली संघको औसतभन्दा ३७ प्रतिशतले कम थियो।

मध्यपूर्वको तनावका कारण खाद्यान्न र ऊर्जाको मूल्य बढ्दा अक्टोबरमा मुद्रास्फीति ३.८ प्रतिशत पुगेको छ। सन् २०१७ यता घरको मूल्य दोब्बरभन्दा बढी र नयाँ भाडा झन्डै दोब्बर हुँदा युवापुस्ता सबैभन्दा बढी मारमा परेको छ।

६६ वर्षीय अवकाशप्राप्त आईटी प्राविधिक लुइस रुसोलेसर्वसाधारणको साटो ठूला स्वार्थ समूहको सेवामा  सरकार लागेको आरोप लगाए। ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
स्पेनमा आवास संकटविरुद्ध हजारौँ सडकमा!

स्पेनमा आवास संकटविरुद्ध हजारौँ सडकमा!

स्पेन । घरभाडा र महँगी बढ्दै गएपछि स्पेनमा आवास संकटविरुद्ध ठूलो विरोध प्रदर्शन भएको छ। बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको रिपोर्ट सार्वजनिक भएको छ। सहरमा घरको भाडा महँगिँदा सामान्...

#महँगी #आवास #संकटविरुद्ध
Compare →
Nagarik News
1d ago
इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

इनमको मोबाइल प्रकरण : माइतीघरमा जेनजीको प्रदर्शन, कुमार बेनलाई बर्खास्त गर्न माग

प्रदर्शनमा सहभागीहरूले मोबाइल फोन प्रहरीको नियन्त्रणबाट निजी निवासमा कसरी पुग्यो भन्ने प्रश्न उठाए। उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्न र बेनलाई तत्काल पदमुक्त गरी अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

#प्रदर्शन
Compare →
Onlinekhabar
1d ago
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू …

#प्रदर्शन
Compare →

Related Stories

World News
Build #2612