Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा ७२ कम्पनीका २ हजार उपकरण

Ekantipur •
November 20, 2026 • 03:32 PM
1
1 reads 0 reactions

प्रदर्शनीमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका दुई हजारभन्दा बढी कृषि उपकरणसहित २०० भन्दा बढी स्टल राखिएका छन् ।

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा ७२ कम्पनीका २ हजार उपकरण

प्रदर्शनीमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका दुई हजारभन्दा बढी कृषि उपकरणसहित २०० भन्दा बढी स्टल राखिएका छन् ।

काठमाडौं — कृषि उत्पादन बढाउन र खेतीपातीको लागत घटाउन आधुनिक कृषि प्रविधिको प्रदर्शनी सुरु भएको छ । काठमाडौं भृकुटीमण्डपमा शुक्रबारदेखि जारी ‘आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ प्रदर्शनीमा किसानलाई आधुनिक प्रविधिसँग जोडिएको छ ।

परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक र प्रविधिमैत्री बनाउँदै कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यसहित सञ्चालित प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका कृषि मेसिनरी, प्रविधि र उपकरण प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजना र बागमती प्रदेश कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको सहआयोजनामा ‘कृषिमा यन्त्र र प्रविधि– कृषक र राष्ट्रको समृद्धि’ मुख्य नाराका साथ गरिएको प्रदर्शनीमा २ सयभन्दा बढी स्टल र २ हजारभन्दा बढी कृषि उपकरण समावेश छन् । जसमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका २ हजार बढी यन्त्र तथा उपकरण रहेको आयोजकले बताएको छ ।

६ मंसिरसम्म चल्ने प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीत भण्डारणलगायत आधुनिक कृषि प्रविधि राखिएका छन् । जसमा डिजेल पेट्रोल र विद्युतीय उपकरण अवलोकन गर्न सकिन्छ । प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए ।

‘२०७० मा मिनी टिलरबाट सुरु भएको प्रदर्शनी पछिल्लो समय थप व्यवस्थित र आधुनिक बन्दै गएको छ,’ शर्माले भने, ‘किसानलाई उपकरण खरिदका लागि सहज ऋण तथा मर्मत सम्भारसम्बन्धी तालिम र सीप विकासमा अगााडि बढ्न आवश्यक छ ।’ पहिलो दिन नै ९ हजारले अवलोकन गरेको उनको भनाइ छ ।

प्रदर्शनीमा ‘मेड इन नेपाल’ अन्तर्गत स्वदेशमै उत्पादित कृषि यन्त्र तथा उपकरणमा ६० प्रतिशतसम्म छुट दिइएको आयोजकले जनाएको छ । प्रदर्शनीको प्रवर्द्धन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले गरेको छ । प्रदर्शनीमा नेपालको माटो, हावापानी र भौगोलिक अवस्थाअनुसार उपकरण रहेको कार्यक्रमका सूचना अधिकारी जितबहादुर चन्दले बताए ।

प्रदर्शनीमा करिब १० करोडको कारोबार हुने आयोजकको अनुमान छ । ५० हजारले प्रदर्शनी अवलोकन गर्ने अनुमान रहेको चन्दको भनाइ छ । प्रदर्शनीमा काभ्रे, धादिङ, ललितपुर, नुवाकोट र सिन्धुपाल्चोकका उद्यमी र किसानलाई निःशुल्क बस सेवा उपलब्ध गराइएको चन्दले जानकारी दिए ।

प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
59m ago
अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा ७२ कम्पनीका २ हजार उपकरण

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा ७२ कम्पनीका २ हजार उपकरण

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा ७२ कम्पनीका २ हजार उपकरण प्रदर्शनीमा ७२ स्वदेशी तथा विदेशी कम्पनीका दुई हजारभन्दा बढी कृषि उपकरणसहित २०० भन्दा बढी स्टल राखिएका छन् । मंसिर ४, २०८३ प्रकृति दाहाल...

#कृषि #प्रदर्शनी #स्वदेशी
Compare →
Bizshala
1d ago
भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपह...

#कृषि #प्रदर्शनी
Compare →
Onlinekhabar
4h ago
कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

४ मंसिर, काठमाडौं । १८ वैशाखदेखि भारतीय चिया बोर्डले एकाएक नयाँ नियम लादेपछि पूर्वी नाकाबाट नेपाली चिया निर्यात ठप्पजस्तै बन्यो । कूटनीतिक पहलबाट चियाको अवरोध तत्कालका लागि सुल्झिए पनि भारतले ९ असोजमा नेपाली जुटको एन्टिडम्पिङ …

#कृषि
Compare →
Nagarik News
2w ago
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।

#उपकरण
Compare →

Related Stories

World News
Build #2612