Trending
Prev Story
Next Story

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

Nagarik News •
November 05, 2026 • 08:10 AM
1
1 reads 0 reactions

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ।

बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो।

अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षा सम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणाली एउटै उपकरणमा एकीकृत गरेको छ।

एकै प्रयोगशालाबाट विभिन्न प्रकारका  स्वास्थ्य परीक्षण सहज रूपमा सञ्चालन गर्न सकिने सुविधा प्रदान गरेको छ। यो उपकरण मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको अस्पतालको भनाइ छ।

प्रविधिको प्रयोगबाट परीक्षण प्रक्रिया थप व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समय कम हुने भएको छ।

मुख्य गरी जैविक रासायनिक परीक्षण प्रणालीअन्तर्गत कलेजो, मिर्गौला, मधुमेह तथा अन्य विभिन्न प्रक्रियासँग सम्बन्धित परीक्षण गर्नुका साथै विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइड जस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण गर्न सकिने वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माको भनाइ छ।

यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधा सम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता अब कम गर्न  सहयोग पुग्ने उनले बताए।

वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित र २०५८ सालमा स्थापना भएको सो अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ।

प्रकाशित: १९ कार्तिक २०८३ १३:५५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

एआईलाई मानिसको विकल्प नभई काम प्रभावकारी बनाउन प्रयोग गर्नुपर्नेमा विज्ञको जोड

डिजिटल मिडिया फाउन्डेसनद्वारा ललितपुरमा आयोजित ‘नेसनल एआई समिट २०२६’ मा उनीहरूले एआईलाई मानिसको विकल्पका रूपमा नभई कामलाई प्रभावकारी बनाउने उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

#प्रयोग
Compare →
Onlinekhabar
1w ago
जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

२० कात्तिक, संखुवासभा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् । शुक्रबार जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले ५० बाट १०० शय्यामा अस्पताललाई स्तरोन्नति …

#अस्पताल
Compare →
Hamro Patro News
4h ago
खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख

खरिद अनियमिततामा सतर्कताको छानबिनमा रहेका ग्याट्रोका डाक्टर डा. नीराजन क्यान्सर अस्पतालको प्रमुख ९ मिनेट अघि काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खरिद अनियमिततामा सतर्कता ...

#अस्पताल
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#अस्पताल
Compare →

Related Stories

Health & Wellness
Build #2611