Trending
Prev Story
Next Story

कृषि प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार र प्रमुख विजेतालाई मिनी ट्रेलर

Bizshala •
November 19, 2026 • 12:34 PM
3
3 reads 0 reactions

काठमाण्डौ । भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी अवलोकन गर्ने दर्शकले कृषि...

कृषि प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार र प्रमुख विजेतालाई मिनी ट्रेलर

काठमाण्डौ । भृकुटीमण्डपमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी अवलोकन गर्ने दर्शकले कृषि उपकरण तथा सामग्री उपहार जित्ने अवसर पाउने भएका छन्। आयोजकले प्रदर्शनी अवधिभर दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार प्रदान गर्ने घोषणा गरेको छ।

लक्की ड्रबाट छानिएका विजेतालाई कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, मकै छोडाउने विद्युतीय मेसिनलगायत साना कृषि औजार तथा उपकरण प्रदान गरिनेछ। प्रदर्शनीको अन्तिम दिन प्रमुख विजेताले मिनी ट्रेलर उपहार पाउने आयोजकले जनाएको छ।

प्रदर्शनी मंसिर ४ देखि ६ गते अर्थात् नोभेम्बर २० देखि २२, २०२६ सम्म सञ्चालन हुनेछ। तीन दिनसम्म चल्ने प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक र २०० भन्दा बढी स्टल रहने आयोजकको अपेक्षा छ। दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण प्रदर्शनमा राखिने र ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणसम्बन्धी आधुनिक प्रविधि प्रदर्शन गरिनेछ। किसान, कृषि उद्यमी तथा व्यवसायीले विभिन्न उपकरण र तिनको प्रयोगबारे जानकारी लिन सक्नेछन्।

कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो। बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजकका रूपमा रहनेछ।

प्रदर्शनीले आधुनिक यन्त्र तथा प्रविधिको प्रयोग विस्तार गर्दै कृषि उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
#कृषि #प्रदर्शनी
Compare →
Onlinekhabar
1d ago
कृषि पुनर्जीवनका सात सर्त

कृषि पुनर्जीवनका सात सर्त

असम्भवप्रायः मैदानी औद्योगिक ढाँचा अपनाएर थला परेको नेपाली कृषि पछिल्ला वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनको अनपेक्षित र तीव्र प्रभावले तापमान वृद्धि, असमयमा हुने वर्षा, लामो खडेरी, बाढीपहिरो, नयाँनयाँ रोगकिरा र मिचाहा प्रजातिको प्रकोपले …

#कृषि
Compare →
Hamro Patro News
2d ago
करदाता प्रोत्साहन उपहार कार्यक्रम: कात्तिक दोस्रो पाक्षिकका बम्पर र दैनिक विजेता घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रम: कात्तिक दोस्रो पाक्षिकका बम्पर र दैनिक विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि कात्तिक ३० गतेसम्मको दोस्रो पाक्षिक विजेताहरू सार्वजनिक गरिएको छ। कर प्रणालीलाई थप प्रवर्द्धन गर्ने उद्देश...

#उपहार
Compare →
Nagarik News
5d ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृ’त्यु, १७ घाइते

गुलरिया नगरपालिका-११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मिनी
Compare →

Related Stories

Business & Economy
Build #2612