Trending
Prev Story
Next Story

आगजनी र हिंसाका घटना बढेपछि बंगलादेशमा सुरक्षा व्यवस्था कडा बनाइयो

Ekantipur •
November 21, 2026 • 01:02 PM
3
3 reads 0 reactions

स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १४ यता भएका हिंसात्मक घटनामा तीन राजनीतिक कार्यकर्ता र एक बस मजदुरसहित कम्तीमा चार जनाको मृत्यु भइसकेको छ

आगजनी र हिंसाका घटना बढेपछि बंगलादेशमा सुरक्षा व्यवस्था कडा बनाइयो

स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १४ यता भएका हिंसात्मक घटनामा तीन राजनीतिक कार्यकर्ता र एक बस मजदुरसहित कम्तीमा चार जनाको मृत्यु भइसकेको छ

ढाका — राजनीतिक हिंसा र आगजनीका घटना बढेपछि नियन्त्रणका लागि बंगलादेशले शनिबार सयौं अतिरिक्त अर्धसैनिक बल परिचालन गरिएको छ ।

पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकका घरमा आगजनी, प्रहरी चौकी तथा बैंकमा आक्रमण र प्रतिद्वन्द्वी दलका समर्थकका घर जलाउने क्रम तीव्र भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सन् २०२४ को जनविद्रोहपछि सत्ताच्युत भई भारतमा निर्वासित ७९ वर्षीया हसिनाले मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गरेपछि अशान्ति चर्किएको हो ।

सरकारी समाचार संस्था बीएसएसका अनुसार देशभर बोर्डर गार्ड बंगलादेश (बीजीबी) का ९० अतिरिक्त प्लाटुन तैनाथ गरिएको छ ।

प्रहरी प्रमुख मोहम्मद अली हुसेन फकिरले हसिनाको गृहनगर गोपालगन्जमा सुरक्षा स्थिति सामान्य भइसकेको बताउँदै विध्वंसविरुद्ध उभिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

यसका साथै, जीविकोपार्जन योग्य ज्यालाको माग गर्दै गार्मेन्ट मजदुरहरूले आन्दोलन गरिरहेका औद्योगिक क्षेत्रहरूमा समेत सुरक्षा बल बढाइएको छ ।

सुरुमा हसिनाको अवामी लिग पार्टीका समर्थकहरुले गरेको आन्दोलन हिंत्सामक बनेको थियो र सत्तारुढ राजनीतिज्ञहरुलाई आन्दोलनकारीले निशाना बनाएका थिए ।

सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई कार्यकर्ताको हत्या भएको केही दिनपछि आक्रोशित सत्तारुढ पार्टीका समर्थकले बदलास्वरूप तोडफोड र आगजनी गरे ।

पछिल्लो घटनाक्रममा दक्षिण–पश्चिमी जिल्ला नरैलमा शुक्रबार हसिनाको प्रतिबन्धित पार्टी अवामी लिगसँग आबद्ध व्यक्तिहरूका एक दर्जनभन्दा बढी घरमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार करिब ५० घरमा क्षति पुगेको छ भने सडकमा अवरोध गरिएकाले दमकलसमेत समयमै पुग्न सकेको थिएन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नोभेम्बर १४ यता भएका हिंसात्मक घटनामा तीन राजनीतिक कार्यकर्ता र एक बस मजदुरसहित कम्तीमा चार जनाको मृत्यु भइसकेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

३ मंसिर, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना …

#आगजनी #बंगलादेश #हिंसा
Compare →
Nagarik News
1d ago
बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ।

#हिंसा #बंगलादेश
Compare →
Bizshala
1d ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#बंगलादेश #आगजनी #हिंसा
Compare →
Hamro Patro News
5d ago
बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कार्यकर्ताहरूले आइतबार (नोभेम्बर १५) गोपालगन्ज जिल्लामा हिंसात्मक प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि ...

#बंगलादेश #आगजनी
Compare →
Arthasansar
2d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#बंगलादेश
Compare →

Related Stories

World News
Build #2612