Trending
Prev Story
Next Story

बंगलादेशमा हिंसा चर्कियो : युनुसपछि विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

Nagarik News •
November 21, 2026 • 03:32 AM
2
2 reads 0 reactions

उनले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने बताएका छन्।

बंगलादेशमा हिंसा चर्कियो : युनुसपछि विदेश राज्यमन्त्रीको घरमा पनि आगजनी

बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरको घरमा शुक्रबार पेट्रोल बम प्रहार गरी आगजनी गरिएको छ। घटना हुँदा कबिर घरमा उपस्थित थिएनन्। घटनापछि उनको निवासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

कबिरले उक्त आक्रमणका लागि पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई जिम्मेवार ठहर्‍याएका छन्। उनले अवामी लिगलाई आतंकवादी संगठनसमेत भनेका छन्।

कबिरले हिंसाको माध्यमबाट दिल्लीबाट कुनै फरार व्यक्तिलाई व्यावसायिक उडानमार्फत बंगलादेश फर्काउन नसकिने बताए। त्यसका लागि सुपुर्दगी सन्धिकै बाटो अपनाउनुपर्ने उनको भनाइ छ। उनले घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने बताएका छन्।

शेख हसिनाको स्वदेश फिर्तीबारे भइरहेको चर्चाका साथै अवामी लिगले आह्वान गरेको ‘लकडाउन’का कारण बंगलादेशका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन, तोडफोड र आगजनी भइरहेका बेला यो घटना भएको हो।

बिहीबार प्रदर्शनकारीहरूले अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको घरमा समेत आगजनी गरेका थिए। यसैबीच प्रधानमन्त्री तारिक रहमानले अवामी लिगमाथि हिंसा फैलाएको र देशमा षड्यन्त्र रचेको आरोप लगाएका छन्।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बिहीबार एक र्‍यालीलाई सम्बोधन गर्दै १६ वर्षसम्म जबर्जस्ती सत्तामा बसेपछि देश छाडेर भागेका व्यक्तिहरूले अहिले सीमापारिबाट बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन्।

उनले भने, ‘उनीहरू जुन देशमा भागेर गएका छन्, त्यहीँ उनीहरूका मालिक छन्। उनीहरूलाई खुसी पार्न बंगलादेशविरुद्ध षड्यन्त्र गरिरहेका छन्। देश छाडेपछि पनि उनीहरूले आगजनी गर्ने र मानिसहरूको हत्या गर्ने राजनीति बन्द गरेका छैनन्।’

तारिकले आफ्नो सम्बोधनमा कुनै देशको नाम नलिए पनि उनको अभिव्यक्तिलाई भारततर्फ लक्षित टिप्पणीका रूपमा हेरिएको छ।

शेख हसिना ५ अगस्ट २०२४ मा विद्यार्थी आन्दोलनका क्रममा सत्ताच्युत भएपछि भारत आएकी थिइन्। त्यसयता उनी भारतमै बस्दै आएकी छन्।

प्रकाशित: ५ मंसिर २०८३ ०९:१७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

३ मंसिर, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना …

#बंगलादेश #घरमा #हिंसा
Compare →
Bizshala
19h ago
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा...

#बंगलादेश #हिंसा #चर्कियो
Compare →
Ekantipur
22h ago
बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।

#बंगलादेश #हिंसा
Compare →
Arthasansar
1d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#बंगलादेश
Compare →
Hamro Patro News
3d ago
भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा

भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा

भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा ६ मिनेट अघि एजेन्सी : बंगलादेशको सीमा सुरक्षा बल ‘बोर्डर गार्ड बंगलादेश’ (बिजिबी)ले भारतको सीमा सुरक्षा बल (बिएसएफ) का एक जवानलाई नियन्त्रणमा लिएको छ। भ...

#बंगलादेश
Compare →

Related Stories

World News
Build #2612