Trending
Prev Story
Next Story

बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

Ekantipur •
November 20, 2026 • 07:32 AM
3
3 reads 0 reactions

बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।

बंगलादेशमा जारी हिंसामा सत्तारुढ पार्टीका दुई नेताको मृत्यु

बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।

काठमाडौँ — बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि बंगलादेशलाई अस्थिर बनाउने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् ।

भारतको सिमासँग जोडिएको उत्तरपश्चिमी जिल्ला लालमोनिरहाटमा बिहीबार एक जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री रहमानले अवामी लिगका समर्थकहरुले शान्ति फैलाउनका लागि आगजनी र हत्याको सहारा लिएको आरोप लगाए ।

हसिनाको पार्टीका तर्फबाट देशभरमा एक दिन बन्द आह्वान गरिएपछि केही क्षेत्रमा हिंसा भएको छ । बंगलादेशका सञ्चारमाध्यमहरुका अनुसार बिहीबार प्रतिबन्धित अवामी लिग र उसका सहयोगी संगठनका नेता तथा बीएनपीका कार्यकर्ताबीच भएको हिंसात्मक झडपमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाका खबरअनुसार बंगादेशका पूर्व मुख्य अन्तरिम सल्लाहकार मोहम्मद युनुसको पैतृक घरमा आगो लगाइएको छ । बीबीसी बांग्लाका अनुसार बुधबार नाराइलमा विरोध प्रदर्शनबाट फर्किएका बेला भएको आक्रमणमा बीएनपीका दुई नेताको हत्या गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारी प्रतिबन्धित अवामी लिगका कार्यकर्ता थिए ।

न्यू एच अखबारका अनुसार बिहीबारसम्म देशका १८ जिल्लामा हिंसा फैलिएको छ । मंगलबार रातिदेखि नै देशका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र विस्फोट भइरहेको छ । जसमा बस, प्रहरी चौकी, बीएनपीका नेता कार्यकर्ताको घर र पार्टी कार्यालय तथा बैंकहरुका शाखाहरुमा आक्रमण भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
25m ago
बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

बंगलादेशका १८ जिल्लामा हिंसा फैलियो, सत्तारूढ दलका दुई नेताको हत्या

अवामी लिगका नेता–कार्यकर्ता र सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताबीच भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये बीएनपीका दुई नेता पनि छन्। हिंसा १८ जिल्लासम्म फैलिएको छ।

#अवामी #बंगलादेश #हिंसा
Compare →
Onlinekhabar
1d ago
बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

३ मंसिर, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना …

#बंगलादेश #हिंसा
Compare →
Arthasansar
22h ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#बंगलादेश
Compare →
Hamro Patro News
2d ago
भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा

भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा

भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा ६ मिनेट अघि एजेन्सी : बंगलादेशको सीमा सुरक्षा बल ‘बोर्डर गार्ड बंगलादेश’ (बिजिबी)ले भारतको सीमा सुरक्षा बल (बिएसएफ) का एक जवानलाई नियन्त्रणमा लिएको छ। भ...

#बंगलादेश
Compare →
Bizshala
3d ago
बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

काठमाण्डौ । वर्षायाममा भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको नेपाल अब हिउँद सुरु भएसँगै पुनः विद्युत् आयात...

#बंगलादेश
Compare →

Related Stories

Politics & Governance
Build #2612