Trending
Prev Story
Next Story

आउने चुनावले रास्वपालाई खिरिलो पार्टी बनाइदिन्छ : झलनाथ खनाल

Ekantipur •
November 20, 2026 • 07:32 AM
3
3 reads 0 reactions

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।

आउने चुनावले रास्वपालाई खिरिलो पार्टी बनाइदिन्छ : झलनाथ खनाल

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । उनले पुराना दललाई उन्मूलन गरेर नयाँ दल मात्रै आवश्यक छन् भन्ने धारणा अराजकतावादी भएको टिप्पणी गर्दै दलहरूले समयअनुसार आफूलाई पुनर्गठन गर्नुपर्ने बताएका हुन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा खनालले लामो समयदेखि अस्तित्वमा रहेका दलहरू परिपक्व हुन सक्ने भए पनि विचार पुरानै राखेर अघि बढ्न नसक्ने बताए।

‘अब पुराना दलहरूले नितान्त नयाँ ढङ्गले सोच्नुपर्छ। पुरानासँग विचार पनि पुरानो भयो भने चाहिँ ती दलहरू काम लाग्दैनन्। दलहरू पुराना हुन्, लामो अवधिदेखि कायम भएका छन्। यी सबलाई उन्मूलन गरेर नयाँ दल चाहिन्छ भन्ने अवधारणा अराजकतावादी धारणा हो। त्यो गलत धारणा हो,’ उनले भने।

उनले पुराना दलहरूले आफ्ना विचारलाई निरन्तर नवीकरण गर्दै नयाँ विचारका आधारमा संगठित हुनुपर्ने बताए। वैचारिक नवीकरण, पुनर्गठन र एकता गर्न सके दलहरूको प्रगति कसैले रोक्न नसक्ने उनको भनाइ छ।

‘लामो समयसँग काम गर्ने पार्टीहरू अझ बढी परिपक्व पनि हुन सक्छन्। तर उनीहरूले आफ्ना विचारलाई निरन्तर नवीकरण गर्न सक्नुपर्छ। अपडेट गरेर बिल्कुल नयाँ विचारले आफूलाई संगठित गर्न सक्नुपर्छ। यदि अहिलेका पार्टीहरूले आफूलाई त्यसरी वैचारिक रूपले नवीकरण गर्न सके, पुनर्गठन गर्न सके र एकताबद्ध गर्न सके भने प्रगति कसैले रोक्न सक्दैन। तर त्यो गर्न सकेनन् भने आफू उन्मूलन हुने कुरा पनि उनीहरूले रोक्न सक्दैनन्,’ खनालले भने।

उनले अहिलेको युग कृत्रिम बौद्धिकता (एआई)को प्रभावमा अघि बढिरहेको भन्दै राजनीतिक दलहरूले प्रविधिको विकाससँगै देश निर्माण गर्ने नयाँ चिन्तन, विचार र सिद्धान्त अपनाउनुपर्ने बताए। इन्टरनेट र कम्प्युटरको युगबाट अघि बढ्दै एआईले मानिसको दैनिक जीवनका विभिन्न पक्षलाई प्रभावित पारिरहेको अवस्थामा दलहरूले पनि आफ्नो संगठन र राजनीतिक दृष्टिकोणलाई समयअनुसार बदल्नुपर्ने उनको भनाइ छ।

खनालले नयाँ राजनीतिक दलहरूले डिजिटल प्रविधिको कुरा गरे पनि जनताको आधारभूत समस्या र उनीहरूसँगको सम्बन्धमा कमजोर रहेको टिप्पणी गरे।

‘नयाँ पार्टीले बढ्ता बुझे जस्तो लाग्दैन, किनभने नयाँ पार्टीहरू डिजिटल कुरा गर्छन्, अनेकथरी गर्छन्, तर उनीहरूको जग नै छैन। उनीहरू तल जनतासम्म पुगेकै छैनन्, जनताका समस्या के हुन् भनेर बुझेकै छैनन्। माथि–माथि एउटा उडुवा ढङ्गले वा अकासे खुर्सानी जस्तो भएर चलिरहेका छन्। भुइँतिर हेर्न सक्नुपर्छ। गीतमा भुइँतिर भन्ने मात्रै गाएर हुँदैन, साँच्चै व्यावहारिक रूपमै भुइँतिर हेर्न सक्नुपर्छ,’ उनले भने।

उनले राजनीतिक दलहरूले जनताका ज्वलन्त माग उठाउने, जनतालाई संगठित गर्ने, कार्यकर्तालाई परिचालन गर्ने तथा पार्टीभित्र कमिटी प्रणाली, सामूहिक नेतृत्व र सामूहिक निर्णयको अभ्यास स्थापित गर्नुपर्ने बताए । संगठनात्मक संरचनाबाट मुक्त हुँदै जनताका मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

खनालले चुनावी अभियानलाई समाजवाद स्थापनाको लक्ष्यसँग जोड्नुपर्ने उल्लेख गर्दै चुनाव जित्नु मात्रै राजनीतिक उपलब्धि नभएको बताए । निर्वाचित प्रतिनिधिहरूले देशलाई समाजवादतर्फ लैजान भूमिका खेल्नुपर्ने उनको धारणा छ।

‘एकपछि अर्को चुनावले मात्रै केही हुँदैन। चुनावबाट निर्वाचित भएकाहरूले देशलाई समाजवादतर्फ लाने काममा भूमिका खेल्छन् कि खेल्दैनन्, त्यो मुख्य कुरा हो,’ उनले भने।

विगतमा आफूलाई वामपन्थी भन्ने दलहरू सत्तामा पुगेपछि समाजवादको लक्ष्यअनुसार काम गर्न नसकेको र विदेशीहरूसँग झुक्ने तथा गलत सन्धि–सम्झौता गर्ने प्रवृत्ति देखिएको उनले टिप्पणी गरे।

खनालले पछिल्लो राजनीतिक परिवर्तन र जनताको मनस्थितिमा आएको बदलावलाई उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आफ्नो वर्तमान लोकप्रियतामा मात्रै भर पर्न नहुने बताए।

‘कुनै पनि पार्टीको जनतासँगको जग दरो छैन भने म लगातार सँधै सत्तामा बसिरहन्छु भन्ने नसोचे हुन्छ। हिजो नेकपाको पनि झन्डै दुई तिहाइ बहुमत आएको हो। ठीक ढङ्गको काम गरेको भए पाँच वर्ष जान्थ्यो। तर गलत काम गरेको हुनाले एक वर्ष पनि टिकेन, अहिले नामोनिसान छैन,’ उनले भने।

उनले रास्वपाले आगामी निर्वाचनमा जनताबाट मूल्यांकन हुने भन्दै अहिलेको राजनीतिक उपलब्धिलाई स्थायी नठान्नुपर्ने टिप्पणी गरे।

‘रास्वपाले करिब दुई तिहाइ ल्यायो। अब जत्तिनै मख्ख परे पनि आउने चुनावले राम्रोसँग तास्छ । राम्रोसँग तास्छ र खिरिलो पार्टी बनाइदिन्छ,’ खनालले भने।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
पुरानालाई उन्मुलन गरेर नयाँ दल चाहिन्छ भन्नु अराजकतावादी धारणा हो : झलनाथ खनाल

पुरानालाई उन्मुलन गरेर नयाँ दल चाहिन्छ भन्नु अराजकतावादी धारणा हो : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । उनले पुरान...

#खनाल #दलहरू #झलनाथ
Compare →
Onlinekhabar
20h ago
स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग

स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले अरु होइन, दलकै शीर्ष नेतृत्वलाई सहभागी हुन पत्र पठाएको छ । पत्रमा एजेण्डाबारे भनिएको छ, …

#दलहरू #चुनाव
Compare →
Nagarik News
23h ago
राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

#खनाल
Compare →
Bizshala
2d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#खनाल
Compare →

Related Stories

Politics & Governance
Build #2612