काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुराना राजनीतिक दलहरूले आफ्नो विचार र दृष्टिकोण नवीकरण गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताएका छन् । उनले पुराना दललाई उन्मूलन गरेर नयाँ दल मात्रै आवश्यक छन् भन्ने धारणा अराजकतावादी भएको टिप्पणी गर्दै दलहरूले समयअनुसार आफूलाई पुनर्गठन गर्नुपर्ने बताएका हुन् ।
नेपाल न्यूज बैंक सँगको कुराकानीमा खनालले लामो समयदेखि अस्तित्वमा रहेका दलहरू परिपक्व हुन सक्ने भए पनि विचार पुरानै राखेर अघि बढ्न नसक्ने बताए । ‘अब पुराना दलहरूले नितान्त नयाँ ढङ्गले सोच्नु पर्छ । पुरानासँग विचार पनि पुरानो भयो भने चाहिँ ती दलहरू काम लाग्दैनन् । दलहरू पुराना हुन्, लामो अवधिदेखि कायम भएका छन् । यी सबलाई उन्मूलन गरेर नयाँ दल चाहिन्छ भन्ने अवधारणा अराजकतावादी धारणा हो । त्यो गलत धारणा हो,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )