Trending
Prev Story
Next Story

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

Onlinekhabar •
November 19, 2026 • 03:03 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ । प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना …

बंगलादेशमा फेरि हिंसा भड्कियो, मोहम्मद युनुसको घरमा समेत आगजनी

३ मंसिर, काठमाडौं । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने घोषणापछि राजनीतिक तनाव चुलिएको छ ।

प्रतिबन्धित अवामी लिगले आह्वान गरेको ‘लकडाउन’ अघि र पछि राजधानी ढाकासहित देशका विभिन्न स्थानमा बम विस्फोट, आगजनी र झडपका घटना भएका छन् । घटनामा मानवीय क्षतिसमेत भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्ला दुई दिनमा सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ ।

त्यस्तै, चटगाउँको मोहम्मद युनुसको पैतृक घरमा पनि अज्ञात समूहले आगजनी गरेको छ ।

ढाकामा अवामी लिगका दुई नेताको घरमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको समाचार छ ।

२८ जिल्लामा बम विस्फोट र मानवीय क्षति

बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन् । विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ ।

हिंसाका घटनामा राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन् । पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्‍यालीमाथि गरेको आक्रमणमा सत्तारुढ दलका दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा जनाइएको छ ।

त्यस्तै, फरीदपुर र पिरोजपुरमा एक बीएनपी नेता र एक यातायात मजदुरको पनि मृत्यु भएको छ ।

स्वदेश फर्किने शेख हसिनाको घोषणापछि तनाव

अवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसरमा लकडाउन आह्वान गरेको हो ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलन अर्थात् जुलाई विद्रोहपछि सत्ताच्युत भएकी हसिना हाल भारतमा बस्दै आएकी छन् ।

यसै महिनाको सुरुवातमा उनले मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन् । त्यसयता देशमा राजनीतिक तनाव बढ्दै गएको छ ।

मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जना पक्राउ परेपछि सयौं मानिसले प्रहरी चौकी घेराउ गरेका थिए । प्रदर्शनकारीको घेराउपछि प्रहरीले चौकी खाली गर्नुपरेको थियो ।

बुधबार राति प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई ‘आतंकवादी संगठन’ र ‘पराजित फासिस्ट शक्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेका छन् ।

मंगलबार राति संसदमा सम्बोधन गर्दै उनले सन् २०२४ को आन्दोलनको भावनासहित फेरि एकजुट भएर निरंकुश शक्तिलाई निर्णायक रूपमा पराजित गर्नुपर्ने बताएका थिए ।

द डेली स्टारका अनुसार रहमानले सरकारी संयन्त्रमा मात्र निर्भर नभई सांसदहरूलाई सडकमा समेत सक्रिय हुन आग्रह गरेका छन् ।

सुरक्षा व्यवस्था कडा, ढाकाबाट ५६५ जना पक्राउ

बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । शेख हसिनाको जन्मस्थान गोपालगञ्जसहित विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रहरीले पछिल्लो २४ घण्टामा ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्का पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत छन् ।

गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन् ।

सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । त्यस अवधिमा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए ।

पछिल्लो हिंसाले बंगलादेशको राजनीतिक अस्थिरता पुन: चर्किएको संकेत गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै बंगलादेशमा हिंसा, सरकारले हटायो गोपालगञ्जका डीसी र एसपी

बंगलादेशको गोपालगञ्जमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउनुपर्ने माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी (डिपुटी कमिस्नर) र प्रहरी प्रमुख (एसपी) लाई पदबाट हटाएको छ।

#बंगलादेश #हिंसा
Compare →
Hamro Patro News
3d ago
बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

बंगलादेशमा जाग्यो शेख हसिनाको पार्टी गर्‍यो तोडफोड र आगजनी

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कार्यकर्ताहरूले आइतबार (नोभेम्बर १५) गोपालगन्ज जिल्लामा हिंसात्मक प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएपछि ...

#बंगलादेश #आगजनी
Compare →
Ekantipur
1d ago
भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

भारतले फेरि जित्यो साफ च्याम्पियनसिपको उपाधि

बंगलादेशको ढाकास्थिति नेसनल स्टेडियममा भएको फाइनलमा भारतले एक गोलले पछाडि रहेको स्थितिबाट पाकिस्तानलाई २–१ ले हराएको हो ।

#बंगलादेश #फेरि
Compare →
Bizshala
2d ago
बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

बंगलादेशमा बिजुली बेच्न बन्द, १० दिनपछि भारतबाटै किन्नुपर्ने अवस्थामा नेपाल

काठमाण्डौ । वर्षायाममा भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको नेपाल अब हिउँद सुरु भएसँगै पुनः विद्युत् आयात...

#बंगलादेश
Compare →
Arthasansar
5d ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →

Related Stories

World News
Build #2612