काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्।
एनएफएलका कमिश्नर राजु घिसिङले भने- ‘आठ सहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ। पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाको आधारमा तीन टोली छनोट गरिनेछ।’
Read full story at source ( onlinekhabar.com )