Trending
Prev Story
Next Story

रोड टु फाइनल: सुदूरपश्चिम भन्दा धेरै टाढा छैन लुम्बिनी

Ekantipur •
November 21, 2026 • 04:02 AM
2
2 reads 0 reactions

सन् २०२५ को दोस्रो सिजन पनि सुरुआती चार खेलमध्ये तीनमा पराजित रह्यो । यसरी लुम्बिनी सुरुतिरै नौ खेलमा पराजित भएको हो । त्यसपछि भने लुम्बिनी जितेको जित्यै छ भन्दा हुन्छ ।

रोड टु फाइनल: सुदूरपश्चिम भन्दा धेरै टाढा छैन लुम्बिनी

सन् २०२५ को दोस्रो सिजन पनि सुरुआती चार खेलमध्ये तीनमा पराजित रह्यो । यसरी लुम्बिनी सुरुतिरै नौ खेलमा पराजित भएको हो । त्यसपछि भने लुम्बिनी जितेको जित्यै छ भन्दा हुन्छ ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगका तीन सिजनमा सबैभन्दा बढी खेल खेल्ने र जित्ने टिम हो भने लुम्बिनी लायन्स यो तथ्यांकमा धेरै पछाडि भने छैन । अझ सुदूरपश्चिमको ठ्याक्कै पछाडि छ भन्दा हुन्छ, डिफेन्डिङ च्याम्पियन टिम । लुम्बिनीले अहिलेसम्म २५ खेल खेलेको छ ।

त्यसमा उसको खातामा १४ जित छ भने यो टिम १० खेलमा पराजित पनि भएको छ । एक खेलको भने कुनै नतिजा आएन । यो हारको तथ्यांकमा लुम्बिनी केही कमजोर नै देखिनुको दोष हो, पहिलो सिजनको खराब प्रदर्शन । सन् २०२४ मा लुम्बिनी लिग चरणमा खेलेका सातमध्ये छ खेलमा पराजित रहेको थियो ।

अनि सन् २०२५ को दोस्रो सिजन पनि सुरुआती चार खेलमध्ये तीनमा पराजित रह्यो । यसरी लुम्बिनी सुरुतिरै नौ खेलमा पराजित भएको हो । त्यसपछि भने लुम्बिनी जितेको जित्यै छ भन्दा हुन्छ । दोस्रो सिजनमा पनि कमजोर प्रदर्शनपछि लुम्बिनीको सम्भावना लगभग सकिएको स्थिति थियो ।

त्यसपछि भने यो टिमले लगातार जितेर वास्तवमै अद्वितीय प्रदर्शन गरेको थियो । दोस्रो सिजन यो टिम इलिमिनेटर, क्वालिफायर–टु र फाइनलसहित लुम्बिनी लगातार छ खेलमा विजयी रहेको थियो । त्यसयता लुम्बिनी दश खेलमा अपराजित रह्यो । यसपल्ट यो टिम हारेको भनेको काठमान्डु गोर्खाजविरुद्ध मात्र हो ।

लिग चरणको त्यस खेलयता लुम्बिनी लगातार तीन खेलमा विजयी रहेको पनि छ र यसमा एक जित क्वालिफायर–वान पनि हो । यही लगातारको राम्रो प्रदर्शनलाई कप्तान रोहित पौडेलले ‘मोमेन्टम’ को नाम दिएका छन् र यसले टिमको आत्मविश्वास नै बेग्लै हुने दाबी गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

एनपीएल फाइनल : लुम्बिनीको स्थिरताविरुद्ध दुई सिजनदेखि घाइते बाघ बनेको सुदूरपश्चिम

२१ नोभेम्बर २०२६, साँझ ५ बजे। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदै छन्। यो फ...

#लुम्बिनी #सुदूरपश्चिम #सिजन
Compare →
Onlinekhabar
1d ago
एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएल सिजन–३ को उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै …

#लुम्बिनी #सुदूरपश्चिम #सिजन
Compare →
Nagarik News
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

एनपीएल फाइनल आज : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच आज (शनिबार) प्रतिस्पर्धा हुँदैछ।

#लुम्बिनी #सुदूरपश्चिम #फाइनल
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#लुम्बिनी #सुदूरपश्चिम #फाइनल
Compare →
Arthasansar
2h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612