Trending
Prev Story
Next Story

‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

Ekantipur •
November 20, 2026 • 05:02 PM
2
2 reads 0 reactions

प्रशासनिक झन्झट र स्थानीय तहका कर तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र नयाँ लगानी गर्न अझै पर्ख र हेरको अवस्थामा रहेको सरोकारवालाको दाबी छ ।

‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

प्रशासनिक झन्झट र स्थानीय तहका कर तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र नयाँ लगानी गर्न अझै पर्ख र हेरको अवस्थामा रहेको सरोकारवालाको दाबी छ ।

नीतिगत अस्थिरता, प्रशासनिक झन्झट र स्थानीय तहका कर तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र नयाँ लगानी गर्न अझै पर्ख र हेरको अवस्थामा रहेको उद्यमीले बताएका छन् । सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए पनि मनोबल अझै उच्च बन्न नसकेको उद्योगी व्यवसायीको भनाइ छ । सरकारले ल्याएका कानुन पनि तल्लो तहसम्म कार्यान्वयन भए–नभएकोबारे हेर्न जरुरी रहेको उनीहरूले जनाए ।

कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमअन्तर्गत ‘व्यवसायीको मनोबल कसरी उकास्ने ?’ विषयक पहिलो सत्रमा सहभागी उद्योगी व्यवसायीले लगानीको वातावरण बनाउन सरकारले प्रतिबद्धताभन्दा पनि व्यवहारमा सुधार देखाउनुपर्नेमा जोड दिए ।

अहिले दुईतिहाइको सरकार भए पनि व्यवसायीको मनोबल उच्च हुन नसकेको मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले गुनासो गरे । लगानीका लागि नेपालमा पर्याप्त सम्भावना भए पनि व्यवसायी अझै पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । नेपाल उद्योग, पर्यटन र व्यवसायका लागि सम्भावनायुक्त मुलुक भए पनि विभिन्न घटनाक्रमले व्यवसायीको मनोबल घटाउने र बढाउने गरेको उनले बताए । ‘सरकारको दृष्टिकोण र कार्यान्वयन क्षमताले नै देशको विकासको दिशा तय गर्छ,’ उनले भने, ‘नेपाली बसेर यहाँ काम नगरी कहाँ गएर गर्ने ? हामी उद्योगी व्यवसायी हौं, व्यवसायबाहेक अरू के गर्ने ? त्यसैले हामी त पानीको लहर हेर्छौं, जता बग्छ, त्यतै बगिहाल्छौं ।’

व्यवसायका लागि पुँजी, पूर्वाधार, मनोबल र नीति— सबै पक्ष उत्तिकै महत्त्वपूर्ण रहेको र कुनै एउटा पक्ष कमजोर भए पनि व्यवसाय दिगो हुन नसक्ने मुन्दडाको भनाइ छ । कर नीतिमा स्पष्टता र दीर्घकालसम्म एउटै नीति कार्यान्वयन हुनुपर्नेमा उनको जोड छ । औद्योगिक क्षेत्र विकासका लागि जग्गा उपलब्ध गराउनुपर्ने उनको माग छ । करिब ६ सय ५० बिघा जग्गालाई आर्थिक क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि माग गर्दै आए पनि सम्बोधन हुन नसकेको उनको टिप्पणी छ ।

अहिले उद्योगमा नयाँ लगानी गर्ने वातावरण नै नभएको उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले बताए । उद्योग स्थापना गर्नेदेखि उत्पादन सुरु गर्दासम्म विभिन्न प्रशासनिक, नीतिगत र स्थानीय अवरोध झेल्नुपर्ने अवस्था अझै रहेको उनले गुनासो गरे । ‘स्थानीय तहले उद्योगीका समस्या समाधान गर्नुभन्दा सदस्यता शुल्क र विभिन्न शीर्षकमा रकम उठाएर उल्टै दुःख दिने काम गरेको छ,’ उनले भने, ‘उद्योग स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्यांकन (आईई) स्वीकृत गर्नसमेत तीन वर्षसम्म लाग्ने गरेको छ ।’

स्थानीय तहमा तीन किलोमिटर सडक बनाइदिन पटक–पटक भन्दा पनि नबन्ने गरेको उनको भनाइ छ । ‘उद्योगीका समस्या समाधान हुन सकेका छैनन्, समस्या राखिरहेका छौं, समाधान नै हुँदैन,’ उनले भने । दुलालका अनुसार यस क्षेत्रका उद्योग अहिले ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेका छन् । विगतमा ६ सयभन्दा बढी उद्योग रहेको र एक लाखभन्दा बढीले रोजगारी पाएको औद्योगिक क्षेत्र अहिले कमजोर बन्दै गएको उनले बताए ।

‘हामीलाई बैंकको सस्तो ब्याजदर होइन, स्थायी नीति चाहियो, बरु बैंकको ब्याजदर बढे पनि तिर्न तयार छौं,’ दुलालले भने, ‘१० वर्षसम्म नीतिमा परिवर्तन नभइदिए हामी काम गर्न र लगानी गर्न तयार छौं ।’ उद्योग स्थापना गर्ने क्रममा स्थानीयको विरोध, कर्मचारीतन्त्रको ढिलासुस्ती, करसम्बन्धी समस्या र विद्युत् आपूर्तिमा हुने अवरोधले उत्पादन लागत बढाएको उनको भनाइ छ । उद्योग सञ्चालनका लागि मुख्य रूपमा कानुनी स्थायित्व र काम गर्ने वातावरण आवश्यक रहेको उनले जनाए ।

सरकारले परिमार्जन गरेका कानुनको प्रभावकारी कार्यान्वयन भए नभएकोबारे तल्लो तहबाटै अनुगमन गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । सरकारले निजी क्षेत्रको मनोबल बढाउन कानुनी तथा नीतिगत सुधारको प्रयास गरे पनि त्यसको परिणाम व्यवहारमा देखिनुपर्ने उनको भनाइ थियो । आफू महासंघको अध्यक्ष हुँदा निजी क्षेत्रको मनोबल बढाउन आवश्यक कानुनी सुधारका सुझाव सरकारलाई दिएको र तीमध्ये कतिपय विषय अहिले अघि बढाइएको उनले बताए । यतिबेला बैंक तथा वित्तीय संस्थाबाट इतिहासमै सम्भवतः कम ब्याजदरमा ऋण उपलब्ध भएको पनि उनले सुनाए ।

‘सरकारले गरेका नीतिगत सुधार कार्यान्वयनमा आए विद्यमान उद्योगमा लगानी थपिने, नयाँ उद्योग स्थापना हुने र रोजगारी सिर्जना हुन्छ,’ ढकालले भने, ‘कानुन बनेर मात्रै भएन, त्यसको कार्यान्वयन महत्त्वपूर्ण कुरा हो ।’

निजी क्षेत्रप्रति राज्य र समाजको दृष्टिकोण परिवर्तन नगरेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जनाए । निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड, रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र र सरकारको सहयात्रीका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । पछिल्ला राजनीतिक घटनाक्रमले निजी क्षेत्रमा त्रास र असुरक्षाको मनोविज्ञान सिर्जना गरेको उल्लेख गर्दै उनले व्यवसायी र कर्मचारीतन्त्र दुवैमा पक्राउ पर्ने तथा घरमा खानतलासी हुने हो कि भन्ने डर कायमै रहेको सुनाए । ‘उद्योगी व्यवसायीलाई लुटाहा, ठग र राजस्व छल्ने समूहका रूपमा हेर्ने सामाजिक मनोविज्ञानले पनि लगानीको वातावरण प्रभावित पारेको छ,’ उनले भने, ‘निजी क्षेत्रको सम्पत्तिको सुरक्षा र व्यवसाय सञ्चालनका लागि विश्वासिलो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्छ ।’

प्रदेश सरकारले साना तथा मझौला व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिएको र लगानी सम्मेलनपछि लगानीकर्तालाई सहजीकरण गर्ने काम भइरहेको लिङ्थेपले बताए । कानुनी तथा प्रक्रियागत कारणले कुनै काम गर्न नसकिने भए त्यसको कारण स्पष्ट खुलाएर जानकारी दिने नीति प्रदेश सरकारले लिएको उनको भनाइ छ । ‘निजी क्षेत्र सरकारको सहयात्री हो, अर्थतन्त्रको मेरुदण्ड हो, रोजगारीको प्रमुख दाता हो र समाजको अपरिहार्य निकाय हो भन्ने बुझाउन सकिएको छैन,’ उनले भने ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
39m ago
‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’

‘निजी क्षेत्रलाई बैंकको ब्याजदर होइन, नीतिगत स्थायित्व अपरिहार्य’ प्रशासनिक झन्झट र स्थानीय तहका कर तथा पूर्वाधार अभावका कारण निजी क्षेत्र नयाँ लगानी गर्न अझै पर्ख र हेरको अवस्थामा रहेको सरोकारवाल...

#ब्याजदर #प्रशासनिक #क्षेत्रलाई
Compare →
Arthasansar
4d ago
४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार...

#ब्याजदर #राष्ट्र-बैंक
Compare →
Nagarik News
1d ago
अझै पनि पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुहुन्न भन्छु: ज्ञवाली

अझै पनि पूर्वराष्ट्रपति राजनीतिमा फर्किनुहुन्न भन्छु: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति जस्तो संवैधानिक पदमा पुगिसकेका व्यक्ति दलीय राजनीतिमा फर्किनु नहुने आफ्नो व्यक्तिगत र सैद्धान्तिक मान्यता अझै कायम रहेको बताएका छन्।

#अझै #रहे
Compare →
Onlinekhabar
8h ago
मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

४ मङ्सिर, कोलम्बो (रासस/एएफपी)। मध्यपूर्वको लामो युद्धका कारण ऊर्जा तथा खाद्यवस्तुको मूल्य बढेर मुद्रास्फीतिमा दबाब परेपछि श्रीलङ्काले छ महिनापछि पहिलोपटक ब्याजदर २५ आधार अङ्कले बढाएर नौ प्रतिशत पुर्‍याएको छ । अक्टोबरमा श्रीलङ्काको वार्षिक मुद्रास्फीति ८.३ प्रतिशत …

#ब्याजदर
Compare →
Bizshala
4d ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#ब्याजदर
Compare →

Related Stories

Business & Economy
Build #2612