अशोक थापा मगर निर्देशित प्रेमकथामा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन्, भने निर्देशकका रूपमा यो उनको दोस्रो फिल्म हो।
काठमाडौँ — अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा बनेको यो फिल्ममा उपासना सिंह ठकुरी र सोनम तोप्देन मुख्य भूमिकामा छन् ।
साथै शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरको अभिनय फिल्ममा देख्न पाइन्छ ।
निर्देशक मगरको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘खुस्मा’निर्देशन गरेका थिए ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘जलाकी’लाई ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, बबिता राना, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीले संयुक्त रुपमा निर्माण गरेका छन् ।