काठमाडौं । अभिनेता कर्मा कमै फिल्ममा मात्र नकारात्मक भूमिकामा देखिएका छन् । तर जतिमा देखिएका छन्, ती भूमिका दर्शकले उत्तिकै मनपराइरहेका छन् । यिनै कर्मा आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘हिमालयन गोल्ड’मा ‘प्रकाश’ नामक खलपात्रको भूमिकामा देखिँदैछन् । जुन भूमिका उनकै भनाईमा परिस्थिति अनुसार पात्रले निभाउँछ ।
कर्मा आफ्नो चरित्रलाई पहिलाको भाषामा ‘गुण्डा’को ट्याग दिन्छन् । ‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर म त्यसलाई त्यसरी लिँदिन, किनकी यो एउटा पात्र हो । संयोगबस त्यो पात्रले उसको परिस्थिति अनुसार कामहरु गर्यो,’कर्मा भन्छन्, ‘मेरो क्यारेक्टरले पनि परिस्थिति अनुसार यार्सागुम्बा लुट्नेदेखि लिएर यताउता गर्ने काम गर्छ । यो भन्दा अगाडि लुटमा पनि बैंक लुट्ने क्यारेक्टर थियो । मान्छेहरु एउटा पात्रले किन त्यस्तो काम गर्छ भनेर प्रश्न गर्छन् । तर त्यो काम भनेको परिस्थिति अनुसार हुँदै जाने हो नि ।’
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )