Trending
Prev Story
Next Story

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

Onlinekhabar •
November 20, 2026 • 12:30 AM
2
2 reads 0 reactions

४ मंसिर, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ । गण्डकी …

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

४ मंसिर, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन ।

निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ ।

गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत निर्माण भइरहेको उक्त पुल थासाङ गाउँपालिकाका वडा नं २, ३ र ५ जोड्ने गरी निर्माण गर्न लागिएको हो ।

पुलले बेनी–जोमसोम सडकसँगै कालीगण्डकी नदीपारिका धप्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँलाई ग्रामीण सडक सञ्जालसँग जोड्नेछ ।

पुल निर्माणका लागि विसं २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग रु पाँच करोड पाँच लाखमा ठेक्का सम्झौता भएको थियो । हालसम्म पाँचपटक म्याद थप गरिए पनि निर्माण सम्पन्न हुनसकेको छैन ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रविन चोख्यालका अनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) को उपनियम ३ बमोजिम पुल निर्माणको पछिल्लो म्याद चालु आर्थिक वर्षको असार मसान्तसम्म कायम गरिएको छ । पुलको हालसम्म ७७ प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए ।

कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको लम्बाइ ३५ मिटर र फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर छ । ठेक्का पाएको निर्माण कम्पनीले सहायक निर्माण कम्पनी (पेटी ठेकेदार) मार्फत काम गराउँदै आएको छ ।

निर्माण कम्पनीलाई पटकपटक काम अघि बढाउन ताकेता गरिए पनि सहायक ठेकेदारका प्रतिनिधिको बेवास्ता र ढिलासुस्तीका कारण निर्माण रोकिएको प्रमुख चोख्यालले बताए ।

उनका अनुसार पुल निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालालाई सहभागी गराएर निर्माण सम्पन्न गर्ने प्रतिबद्धता सुनिश्चित गर्न बैठकको तयारी भइरहेको छ ।

पुलका दुवैतर्फका एबुटमेन्टको क्याप लेभलसम्मको काम सम्पन्न भएको छ । अब स्ल्याब ढलान, एप्रोज सडक, पुलसँग सम्बन्धित अन्य संरचनात्मक काम, फिनिसिङ तथा सहायक काम पूरा गरी पुल सञ्चालनयोग्य बनाएर हस्तान्तरण गर्न बाँकी रहेको कार्यालय प्रमुख चोख्यालले जानकारी दिए ।

कालीगण्डकी नदीपारिका गाउँलाई जोड्नेगरी सङ्घीय सरकारअन्तर्गत डिभिजन सडक कार्यालय बागलुङमार्फत कालोपत्र सडक निर्माण भने सम्पन्न भइसकेको छ ।

स्थानीय नवीन शेरचनले पुल निर्माणमा भइरहेको ढिलाइ दुर्भाग्यपूर्ण भएको बताए । निर्माण कम्पनीले तदारुकता देखाएको भए चार वर्षअघि नै पुल निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ ।

पुल निर्माण सम्पन्न भएमा थासाङ गाउँपालिकाका तीन वडाका बासिन्दालाई मुख्य राजमार्गसम्म आवतजावत गर्न सहज हुनुका साथै कृषि उपजको बजारीकरण, विकास निर्माण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते-धम्पु पुल

मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि ...

#पुल #मुस्ताङ #सात
Compare →
Ekantipur
3d ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्माण विभागको दाबी छ ।

#सात #वर्षमा #बनेन
Compare →
Nagarik News
16h ago
काठका पुलमा कुँदिएको सिंजाको इतिहास

काठका पुलमा कुँदिएको सिंजाको इतिहास

मोटरसाइकलमा रारा घुम्न हिँडेका सिन्धुलीका आशिष पौड्याल सिंजाको चिउडी पुगेपछि रोकिए। सडक छेउमै देखिएको काठको अनौठो पुलले उनको ध्यान खिच्यो।

#पुल
Compare →
Bizshala
1d ago
पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

पूर्वाधार विकास मन्त्रालयले सात इन्जिनियरलाई सेवाबाट हटायो

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना...

#सात
Compare →

Related Stories

World News
Build #2612