Trending
Prev Story
Next Story

आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

Onlinekhabar •
November 20, 2026 • 12:30 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी …

आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो

४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने विश्वासका साथ यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीरसागरमा सुतेकाले यी चार महिनाजस्ता विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।

हरिशयनी एकादशीका दिन मठमा रोपिएको तुलसीलाई आज विष्णुसँग विवाह गराइदिने परम्परा छ । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा बाँस वा निगालाको लिङ्गो र उँखुका लाक्रा गाडेर मठलाई लिपपोत गरी सिंगारेर विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

तुलसी पूजा गर्ने व्रतालुले आजको दिन सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नास भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ ।

आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ ।

आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, (भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचंगुनारायण र  विशंखुनारायण) सहित देशभरका विष्णु मन्दिरहरुमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ ।

काठमाडौं उपत्यकाका चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेको बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्दछ । बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव) दुवै देवताको मूर्ति छ । ठूलो ढुंगामा हरि र हर दुवैको मूर्ति भएको विश्वकै दुर्लभ शिला मानिने भएकाले यहाँ वार्षिक लाखौं पर्यटक दर्शनका लागि पुग्ने गर्दछन् ।

आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म तुलसीको हवन (होम) गर्न हेराउनु नपर्ने धार्मिक मान्यता छ । त्यसपछि हवन जुरेका दिनमात्र तुलसी पूजा गर्न हुने विधि छ । यसरी चारमहिने तुलसी पूजा समापन हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

तुलसी–दामोदरको विवाह गरी मनाइँदै हरिबोधिनी एकादशी

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

#एकादशी #विष्णु #हरिबोधिनी
Compare →
Hamro Patro News
2h ago
आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

आज ठूलो एकादशी, नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ- कात्तिक शुक्ल एकादशीका दिन आज औषधीको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी म...

#एकादशी #हरिबोधिनी #मन्दिर
Compare →
Nagarik News
2h ago
कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशी : तुलसी-दामोदरको विधिपूर्वक विवाह गरिँदै

कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ।

#एकादशी #हरिबोधिनी #शुक्ल
Compare →

Related Stories

Business & Economy
Build #2612